विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसको साँझ विराटनगरको हाटखोला मैदानमा प्रेममय संगितले गुम्जामय हुँदा साँच्चिकै प्रेम दिवसको अनुभुति भएको थियो ।
भ्यालेनटाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरि आयोजना गरिएको विराटनगर साँगितीक साँझमा गायक सविन राईको स्वरले धेरै दर्शकहरुलाई प्रेम दिवसको अनुभुत गराएको थियो । मन्जिना फाउन्डेसन नेपालको आयोजना तथा विराटनगरका युवाहरुको सहकार्यमा शुक्रबार साँझ विराटनगरको हाटखोला मैदानमा युगल जोडीदेखी परिवारीक सदस्यहरु समेत कार्यक्रममा सहभागी हुदाँ खेलमैदान भरिभराउ देखिन्थ्यो ।
कार्यक्रमकी प्रमुख अतिथी विराटनगर महानगरपालीकाकी उप प्रमुख शिल्पा निरला कार्कीले दिप प्रज्वलन गरेर सुरु भएको कार्याक्रममा संगितलाई माया गर्ने संगितप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो । विराटनगरकी अंकिता गिरीले होष्ट गरेको कार्यक्रमलाई सहभागी दर्शकहरुलाई आर्कषित बनाएकी थिईन् ।
सुरुमा नृत्यले स्वागत गरिएको कार्यक्रममा विराटनगरको द अनन्त व्याण्डका कलाकारहरुले आफ्नो प्रस्तुती थिए । राती ८ बजेपछि स्टजे चढेका सविनले ‘समपर्ण छ यो भविष्य मेरो’ बोलको गितबाट कार्यक्रमलाई सुरु गरे । संगीत क्षेत्रमा झण्डै दुई दशक बिताइसकेका सविन राई नेपाली रक तथा पप संगीतमा एक फरक पहिचान बनाएका गायक हुन् । अहिलेका युवा पुस्तामा निक्कै रुचाइएका गायक सविन राई एण्ड ‘फारोह’ व्याण्डले प्रेम दिवसको साँझलाई संगीतमय बनाएको थियो ।
सविनले भ्यालेन्टाईन बारे शब्द उच्चारण गर्दा दर्शकहरुको हुटिङ र तालिसँगै ह्प्याप्पी भ्यालेन्टाईन डेका शब्दहरु बर्सिरहेका थिए । सविन राईले अधिकाश आफ्ना चर्चित गीतहरु गाएका थिए । विराटनगरमा लामो समयपछि आएका सविन राईलाई प्रेम दिवसमा दर्शकहरुको दिर्घाबाट आई लु यु सविन राई ह्प्याप्पी भ्यालेनटाईन डे सविन राई भनिरहेका थिए ।
सविनको स्टेज पर्फमेन्सलाई विशेष रुचाइने भएकाले पनि शुक्रबारको साँगितिक साँझमा दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकले कार्यक्रमलाई सहयोग गर्ने टिमहरुलाई मायाको चिनो प्रदान समेत गरेको थियो । कार्यक्रमकी प्रमुख अतिथी शिल्पा निरला कार्कीले मायाको चिनो प्रदान गरेकी थिइन् । विराटनगरमा भएको साँगितिक साँझ कार्यक्रमको अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको थियो ।