विराटनगरका कन्सल्टेन्सीमा भाषा पढ्छन्, काठमाण्डौंबाट भिसा एप्लाई गर्छन् विद्यार्थी

<span class='c1'>विराटनगरका कन्सल्टेन्सीमा भाषा पढ्छन्, काठमाण्डौंबाट</span> <span class='c2'>भिसा एप्लाई गर्छन् विद्यार्थी</span>

इशु पन्त
विराटनगर । वैदेशिक अध्ययन अनुमतिपत्रका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सुविधा भएपनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीसँग भर गर्दैनन् । विराटनगरमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी छोडेर उनीहरु काठमाण्डौंमा नै पुग्ने गरेका हुन् ।

विराटनगरको कन्सल्टेन्सीले प्रक्रियामा लामो समय लाग्ने भएको कारण विद्यार्थीले भर गर्दैनन । त्यहि भएर विद्यार्थी र कन्सेल्टेन्सी समेत लाभान्वित हुने अनलाइन फारम भर्ने सुविधा विराटनगरबाट कमले लिने गरेका हुन् । एनओसी अनलाइन बाटै भर्न पाउने भएकाले प्रक्रियामा सहज हुन्छ । तर, बिगत एक बर्षदेखि यो प्रणाली लागु भएपनि विराटनगरका कन्सल्टेन्सीको नतिजा भने उस्तै रहेको सञ्चालकहरु बताउँछन् ।

यातायात भाडा, बसाई खर्च, खानपीन लगायत खर्च बच्ने भएता पनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीमा भर नपरी काठमाण्डौं नै जान चाहने गरेको पाइएको छ । विराटनगरका कन्सल्टेन्सीले कुनै एकदेशका लागि विशिष्टीकरण नलिएका कारण पनि विद्यार्थी काठमाण्डौंमा पुग्ने गरेका हुन् । बिद्यार्थीहरुले आइएलटीएस,, पीटीइ र टोफेललगायत भाषाको तयारी विराटनगरमा भएप्नि भिसा आवेदन भने काठमाण्डौंका कन्सल्टेन्सीबाटै लिन चाहने गरेका छन् ।

विराटनगरमा श्रम भिसामा रोजगारीको लागि विदेश पठाउने म्यानपावर कम छन् । तर, शैक्षिक भिसामा विद्यार्थी पठाउने कन्सलटेसीको संख्या उल्लेख्य छ । केहि मापदण्डमा संचालक छन् भने केहि प्रक्रियामै छन्। पूर्वी नेपालको मात्र नभएर नेपालको थुप्रै स्थानबाट राजधानी नै धाउने गरेका छन् ।

इक्यानका अध्यक्ष रबिन्द्र निरौलाका अनुसार काठमाण्डौंमा कार्यालय रहेका कन्सल्टेन्सीको सम्पर्क पनि राम्रो हुने हुँदा विद्यार्थीले बढी विश्वास समेत गर्ने गरेका छन् । उनका अनुसार एनओसीपछि पनि स्वास्थ्य परीक्षण, एम्बेसी लगायतका काममा जानुपर्ने भएकाले विद्यार्थी एकै स्थानबाट सबै प्रक्रियामा सहजता अपनाउन काठमाण्डौं जाने गरेका हुन् । तर, पनि कुनै बेला काठमाण्डौं मात्रै भनिदै आएको अवस्था भने अब केहि हट्दै पनि गएको छ ।

कोशी प्रदेशमा अहिले एकसय हाराहारीमा कन्सल्टेन्सी रहेका छन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयमा दर्ता भएक कन्सल्टेन्सी सय बढी छन् । एचिभर्स कन्सलटेसीका संचालक सुनिल जैसवाल अनुसार पहिला काठमाणडौ हव भएपनि अहिले बिस्तारै माहोल परिवर्तन हुदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्