विराटनगर-८को अलपत्र सडकले सर्वसाधारणलाई सास्ती

<span class='c1'>विराटनगर-८को अलपत्र सडकले</span> <span class='c2'>सर्वसाधारणलाई सास्ती</span>

इशु पन्त
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ कार्यालयले सुटुक्क बोलाउँदै दशलाखसम्मका निर्माणको काम व्यक्तिलाई जिम्मा लगाउने गर्दा सर्वसाधारणले असजिलो झेल्नु परेको गुनासो गरेका छन् । अहिले विराटनगर ८ मा तीनवटा सडकका नाला निर्माणको काम भईरहेको छ । छोटो दुरीका तीनवटा सडक भएपनि त्यसमा भईरहेको निर्माण ढिलाई र अस्तव्यस्तताले धेरैलाई असजिलो पारेको गुनासो गरिएको छ ।

वडा कार्यालय र मन्दिर नजिकको सडकमा २५ मिटर, हरिहर चौकमा ५६ मिटर र अर्को एउटा सडकमा ३३ मिटर नाला निर्माण गर्ने टुक्रे योजनाका लागि दशलाख रुपैँया रकम राखेर सिधै व्यक्तिलाई दिइएको आरोप स्थानीयको छ । यी तीनवटा योजनामध्ये अहिले वडा कार्यालय नजिक र हरिहर चौकमा काम भईरहेको छ । अर्को ३३ मिटरको योजना कहाँको हो भन्ने यकिन निर्माणको काम गरिरहेका व्यक्तिले समेत बताउन भने चाहेनन् ।

तर, पुसदेखि थालिएको काममा ढिलासुस्ती गरेर दैनिक हिँडडुल गर्न समस्या पारेको स्थानीयको गुनासो छ । टुक्रे योजनामा एकमुष्ट रकम निकासा गरेर व्यक्तिलाई दिएका कारण अस्तव्यस्त बनाएर छोडेको आरोप लगाइएको छ । स्थानीय मधुसुदन घिमिरेका अनुसार वडा कार्यालय अगाडी निर्माण सामाग्री थुप्रो लगाएर राखिएको छ । नाला निर्माणका लागि खनिएको माटो व्यवस्थापन नगर्दा हिँडडुल गर्न असजिलो भइरहेको भएपनि गुनासो गर्ने व्यक्ति नपाइएको बताए । उनले वडा कार्यालयले ठाडो आदेशमा व्यक्तिलाई काम गर्ने जिम्मा दिएका कारण गुनासो गर्दै जाने ठाउँ समेत नरहेको बताए ।

निर्माणको काम गरिरहेका रोबिन साहले निर्माण कम्पनी भन्दा पनि वडा कार्यालयबाट सोझै काम लिएको बताए । उनले तीनवटामध्ये दुईवटाको काम १५ दिन भित्रमा सक्ने दावी गरेका छन् । उनले अर्को काम त्यसपछि गर्ने बताए। तर, अर्को काम कहाँको हो भनेर खुलाएनन् । उनले सानो सडकमा दुवैतर्फ नाला निर्माण गर्नुपर्ने भएपछि माटो त स्वभाविक बाटोमा थुप्रने बताएका छन् । तर, नालाको काम सकाएकोले अब चाँडै माटो मिलाउने बताएका छन्।

वडाध्यक्ष राम पोखरेलले भने समाचारमा भने जस्तो निर्माण जिम्मा नै नभएको बताए । उनले लामो समय साइड क्लियर नभएको सडकमा उपभोक्ता समिति मार्फत काम गराइरहेको बताए । कोटेसनबाट काम आफुले कहिल्यै नगरेको उनको भनाइ थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्