देवकोटा पब्लीक स्कुलका विद्यार्थीको निशुल्क स्वास्थ्य चेकजाँच

<span class='c1'>देवकोटा पब्लीक स्कुलका विद्यार्थीको</span> <span class='c2'>निशुल्क स्वास्थ्य चेकजाँच</span>

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १२ मा रहेको देवकोटा पब्लीक स्कुलका विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । मोरङको बुढीगंगामा रहेको विराट टिचिङको हस्पिटलको प्राविधीक सहयोगमा आईतबार स्कुल परिसरमा कक्षा नर्सरीदेखी कक्षा १० सम्मका विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको हो ।

विद्यार्थीहरुको नाक ,कान घाटी तथा सुगर प्रेसर समेत जाँच गरिएको थियो । विराट टिचिङ हस्पिटलका नाक ,कान तथा घाटी रोग विशेषज्ञ डा. कृष्ण कुमार साह, बालरोग विशेषज्ञ डा निस्चल तिमिल्सीना , स्वस्तीका राजवंशी, निलिमा बुुढाथोकी तथा हस्पिटलका प्रतिनीधी जितेन्द्र कुमार मेहताको उपस्थितीमा एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको स्कुलले जनाएको छ ।

विद्यार्थीहरुको पढाईसँगै स्वास्थ्य अवस्थाको चेकजाँच गर्नु विद्यालयको दायित्व रहेका कारण विराट टिचिङको प्रविधीक स्वास्थ्य टोलीले स्कुलका ३ सय बढीको स्वास्थ्य जाँच गरिएको स्कुलका प्रिन्सीपल महेश राईले जानकारी दिनुभयो । साथै आगामी दिनमा पनि विद्यार्थीहरुको आँखा तथा दाँत सम्बन्धी पनि चेकजाँच गर्ने योजना रहेको प्रिन्सीपल राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्