विराटनगर–८ वडा कार्यालय आसपासका सडक उपभोक्ता समितिमार्फत बनिरहेको भनाई

<span class='c1'>विराटनगर–८ वडा कार्यालय आसपासका सडक</span> <span class='c2'>उपभोक्ता समितिमार्फत बनिरहेको भनाई</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा भईरहेका योजना स्थानीयको माग अनुसार उपभोक्ता समितिमार्फत भएको जनाइएको छ । वडा कार्यालय अगाडीको सडकको नाला निर्माणका लागि मधुसुदन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समिति र वडा कार्यालय पछाडी कला त्रितालको घरसम्मको बाटो समेत उपभोक्ता समितिमार्फत निर्माण भएको जनाइएको हो ।

वडा अध्यक्ष राम पोखरेलले कुनैपनि योजना सुटुक्क कसैलाई नदिएको स्पष्ट पार्दै भने–बाटोको रिटेनिङ्गवाल, ग्राभेल र ढलानको कामका लागि स्थानीयको माग अनुसार वडाले बजेट व्यवस्थापन गरेर स्थानीयकै सहभागितामा निर्माण भईरहेको छ ।

उनका अनुसार ११ लाख ७६ हजार लागत अनुमान गरिएको सडकमा दश लाख वडाबाट र बाँकी उपभोक्ताबाट बजेट व्यवस्थापन गरिएको हो । यो बाटो निर्माण योजना एडीबीको प्रोजेक्टमा समेत समेटिएको थियो । तर, उक्त समयमा साइड क्लियरेन्स नभएपछि रोकिएको थियो ।
अध्यक्ष पोखरेलका अनुसार लामो समयसम्म साइड क्लियरेन्स नहुने समस्या देखिएपछि २०८० पुस २२ गते स्थानीयको भेला गराएर साइड क्लियरेन्स गर्ने सहमति गराइएको थियो । पहिले साइड क्लियरेन्स भएपछि वडाले बजेट व्यवस्थापन गरेर उपभोक्तामार्फत नै निर्माण भईरहेको जनाइएको छ ।

आवर विराटनगरले आइतबारको अंकमा ‘विराटनगर(८को अलपत्र सडकले सर्वसाधारणलाई सास्ती’ शिर्षकको समाचारमा स्थानीय मधुसुदन घिमिरेको भनाई उल्लेख गरिएको थियो । घिमिरेले आफूले त्यस्तो नबताएको भन्दै समाचारमा आफ्ना भनाईलाई तोडमोड गरिएकोमा ध्यानाकर्षण भएको जनाउनु भएको छ । अध्यक्ष पोखरेलले समेत उक्त समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै तथ्यमा आधारित भईदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्