भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

<span class='c1'>भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार</span> <span class='c2'>देशका १० टोली सहभागी हुँदै</span>

भद्रपुर (झापा) । दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रङ्गशालामा प्रतियोगिताका खेल हुँदैछन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको बताउनुभयो । दर्शकले क्वाटरफाइनलसम्मका खेल हेर्न रु दुई सय, सेमिफाइनलमा रु तीन सय र फाइनलका लागि बाँसको अस्थायी प्याराफिटमा रु तीन सय तथा पक्की प्याराफिटका लागि रु पाँच सय टिकट दर कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ए डिभिजन क्लब चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा ११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् । यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ गरी तीन विदेशी टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले नगद रु १३ लाख तथा उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदियमान खेलाडी र प्रशिक्षकले नगद रु २५ हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु २१ हजार नगद पुरुस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न रु एक करोड ७८ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्