संस्था स्थापना गर्नु मात्र ठूलो कुरा होइन– मुख्यमन्त्री कार्की

<span class='c1'>संस्था स्थापना गर्नु मात्र ठूलो</span> <span class='c2'>कुरा होइन– मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संस्था स्थापना गर्नु मात्र ठुलो कुरा नभएर त्यसलाई टिकाइ राख्नु महत्वपूण भएको बताएका छन् । विष्णुमाया पुस्तकालयको ५७ औं साधारणसभामा बोल्दै उनले सामाजिक संस्थाले सामाजिक कार्य गर्नुपर्ने बताएका हुन् ।

उनले ‘सामाजिक संस्थालाई निरन्तरता दिने असल नेतृत्वको अभाव खड्किएको वर्तमान अवस्थामा पुस्तकालयमाले संरचनागत सुधारसँगै व्यवस्थापकिय पक्ष समेत सवल बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसै प्रसंगमा उनले मानिसको बस्ती नभएको ठाउँमा पक्की सडक बनाउनुको कुनै औचित्य नभएको जिकिर गर्दै त्यस्ता ठाउँमा पदमार्ग निर्माण गर्न सके लागत कम हुने र टिकाउ पनि हुने भएकाले सरकार त्यसखाले योजना बनाउन अग्रसर भएको भनाइ राखे । सरकारले धार्मिक पर्यटनमा जोड दिएको उनको जिकिर थियो ।

प्राध्यापक कृष्ण पोखरेलले विष्णुमाया पुस्तकालयले जसरी पुस्तकालयको बिँडो थामेको छ त्यसरी नै संस्थाको सक्षम उत्तराधिकारी र नेतृत्व पुस्तान्तरण आवश्यक रहेको बताए । युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न सके पुस्तकालयको वृद्धिविकास र आधुनिकीकरणमा थप टेवा पुग्ने उनको भनाइ थियो ।

प्राध्यापक डाक्टर खगेन्द्र आचार्यले विराटनगरमा क्याम्पसदेखि निजी क्षेत्रका पुस्तकालयहरुको अवस्था नाजुक रहेको भएपनि विष्णुमाया पुस्तकालय मात्र नियमित सञ्चालनमा रहेको बताए ।
कार्यक्रममा उद्योगी भीम घिमिरे समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, प्राध्यापक कविराज न्यौपाने, महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख बावुराम तिम्सिनालगायतले पुस्तकालय सञ्चालनका विषयमा महत्वपूर्ण सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्