नेपाली विद्यार्थीको भारतमा हत्या र ज्यादतीको विरोधमा विराटनगरमा लाग्यो ‘मोदी सरकार मुर्दावाद नारा’

<span class='c1'>नेपाली विद्यार्थीको भारतमा हत्या र ज्यादतीको विरोधमा</span> <span class='c2'>विराटनगरमा लाग्यो ‘मोदी सरकार मुर्दावाद नारा’</span>

विराटनगर । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको विरोध गर्दै विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रदर्शन गरेका छन् । घटनापछि नेपाली विद्यार्थीमाथि भएको ज्यादती र मृतकप्रति न्यायको माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको हो ।

क्याम्पसका विद्यार्थीले विराटनगरस्थित रोडशेष चौकमा घटनाको सत्यतथ्यसहित उचित छानविन हुनुपर्ने माग गरिएको थियो । कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालय नजिक विद्यार्थीहरुले भारत सरकारको विरोधमा नारा लगाएका थिए । त्यससँगै नेपाल सरकारले तत्काल नेपाली विद्यार्थीमाथि भईरहेको ज्यादती रोकेर प्रकृतिमाथि न्याय दिलाउन कुटनीतिक पहल लिनुपर्ने माग गरिएको थियो ।
भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय हत्या हुनु र त्यसपछि नेपाली विद्यार्थीमाथि ज्यादती हुनुलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले बताए । उनले घटनापछि उत्पन्न परिस्थितिलाई समयमै कुटनीतिक पहल लिन नसक्नु नेपाल सरकारको कमजोरी भएको औल्याए ।

यसैगरी मोरङ क्याम्पस स्ववियु सभापति जसवन्त पौडेलले मृतक र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको पक्षमा नेपाली विद्यार्थीहरुले आवाज बुलन्द बनाउने बताए । उनले रहस्यमय हत्याको न्यायिक छानविन गरेर घटनामा संलग्न देखिएका भारतीय नागरिकलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् ।

अमानवीय घटनाले नेपाली मात्र होइन, भारतका विद्यार्थी, अभिभावक, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, तथा सम्पूर्ण न्यायप्रेमी जनतालाई गहिरो रूपमा मर्माहित बनाईरहेको छ । प्रकृति लम्सालको हत्या प्रकरणपछि विश्वविद्यालयका विद्यार्थीहरूले न्यायका लागि दबावमूलक आन्दोलन गर्दा उनीहरूमाथि भएको दुर्व्यवहार र कलेज प्रशासनको गैरजिम्मेवार तथा असंवेदनशील व्यवहार निन्दनीय भएको विद्यार्थीहरुको भनाई छ । कलेजका ती सम्पूर्ण कर्मचारी, जो दोषी छन्, उनीहरूलाई तत्काल हिरासतमा राखेर भारतको कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग समेत विद्यार्थीहरुले गरेका छन् ।
विद्यार्थीहरुले मंगलबार नै जिल्ला प्रशासन कार्यालयमार्फत पराराष्ट्रमन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्