नेपाल बैंकले दियो सोलुखुम्बुमा प्रहरीलाई दियो सिसी क्यामरा

<span class='c1'>नेपाल बैंकले दियो सोलुखुम्बुमा</span> <span class='c2'>प्रहरीलाई दियो सिसी क्यामरा</span>

विराटनगर । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालयद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । नेपाल बैंक लिमिटेड कोशी प्रादेशिक कार्यालय अन्तर्गत सल्लेरी शाखा कार्यालयमार्फत बैंकको संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम गरेको हो ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम रहेको सल्लेरी बजारको सुरक्षा अझ सुदृढ गर्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु लाई ६४ हजार ८७५ बराबरको ६ थान सिसीटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाई हस्तान्तरण गरिएको हो ।

नेपाल बैंक लिमिटेड सल्लेरी शाखाका शाखा प्रबन्धक लिलामणी चांपागाईले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्धारिका प्रसाद घिमिरेलाई क्यामरा हस्तान्तरण गरेको बैंकका प्रदेश प्रमुख सुर्यप्रकाश भट्टले जानकारी दिएका छन् । नेपाल बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी निरन्तर रुपमा विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्