विराटनगरको ‘जिगरी पोलिक्लिनिक’ मा महानगरको छड्के, मापदण्ड विपरीत भेटियो ल्याव

<span class='c1'>विराटनगरको ‘जिगरी पोलिक्लिनिक’ मा महानगरको</span> <span class='c2'>छड्के, मापदण्ड विपरीत भेटियो ल्याव</span>

विराटनगर । विराटनगर ९ स्थित हस्पिटल चोकमा रहेको जिगरी ल्याव एण्ड पोलिक्लिनिक प्रालिले पाएको इजाजत भन्दा बाहिर गएर स्वास्थ्य उपचार सेवा दिने गरेको पाइएपछि विराटनगर महानगरपालीकाको स्वास्थ्य प्राविधीक टोलीले अनुगमन गरेको छ ।
पोलिक्लिनीकले अस्पताल सरह उपचार सेवा प्रदान गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाको स्वास्थ्यका प्राविधिक टिमले अनुगमनको गरेको हो । केही दिन अगाडी पोलिक्लिनीका चिकित्सकले ग्रिनक्रस हस्पिटलमा पठाइएका एक जना भारतीय नागरिक विरामीको मृत्यु भएपछि घटना बाहिर आएको हो । अनुगमनमा विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव, स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत रमेश कार्की, नर्सिङ्ग अधिकृत मिना अधिकारी , ल्याव टेक्न्ीसन अधिकृत मनिकचन्द भगत , जनस्वास्थ्य अधिकृत भुपेन्द्र कमार साह ,सामाजिक स्वास्थ्य शिक्षा संयोजक काजी बहादुर बस्नेत, र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थय अधिकृत शेखर यादव, प्रहरी प्रशासन , सञ्चारकर्मीको टोलीले अनुगमन गरेका थिए ।


उक्त पोलिक्लिनिकले सि ग्रेडको ल्याब र ओपीडिमा आएका विरामीको स्वास्थ्य जाँच गर्ने स्वास्थ्य कार्यालय मोरङले अनुमति दिएको छ । तर, यो पोलिक्लिनिकले पाएको अनुमति भन्दा बाहिर गएर विरामी भर्ना गर्ने किसिमको चार वटा बेड , मापदण्ड अनुसारको एक्सरे मेसिन नभएको र ल्यावहरु सि ग्रेडको नपाइएको अनुगमनको क्रममा भेटिएको स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताउनुभयो ।


त्यति मात्र हैन पोलिक्लिनीको बोर्डहरुमा माईनर अप्रेशन , ईन्डोस्कोपी जस्ता सेवा विरामीलाई झुक्याउनको लागि राखिएका होडिङ्गहरु त्यसरी राख्न नपाईने यादवले बताउनुभयो ।
यता पोलिक्लिनिकलाई ईजाजत दिने जिल्ला जनस्वाथ्य कार्यालयका स्वास्थ्य अधिकृत शेखर यादवका अनुसार पोलीक्निीकको सेवा सुविधा सिमित मात्र रहेको हुन्छ तर दर्ता अनुमती तथा संञ्चालन गर्न दिएको भन्दा माथी उठेर काम गरेको भेटिएको छ जुन नहुनुपथ्र्यो । त्यो कानुन विपरीत छ । यता महानगरले बुझाएको प्रतिवेदनको आधारमा पोलिक्लिनिकको कैफियत भेटिए जनस्वास्थ्य ऐन अनुसार कारबाही हुने स्वास्थ्य अधिकृत यादवले बताउनुभयो ।


यता जिगरी ल्याब एण्ड पोलिक्लिनिकका संचालक जावेद अन्सारीले अनुमति पाएको भन्दा बाहिर गएर उपचार सेवा प्रदान नगरेको दाबी गरे । ‘ओपीडिमा आएका विरामीहरु कतिपय पेट दुखेकाहरु पनि आउने गरेका कारण उनीहरुलाई अब्जरबेसनमा राख्नको लागि बेड राखिएको अन्सारीले बताए । भर्ना गर्नुपर्ने विरामीलाई हामीले विरामीको चाहानु अनुसार हस्पिटल रेफर गर्दै आएका छौं । ल्याबकको हकमा भने आगामी दिनहरुमा सुधार गरेर मापदण्ड अनुसार अगाडी बढ्ने समेत उनले आवर विराटनगरलाई जानकारी गराए ।

खास घटना के भएको थियो ? कसरी घटना बाहिरीयो त ?

केही दिन अगाडी मात्रै पोलिक्लिनीको ओपिडीमा एक जना भारतिय नागरिक स्वास्थ्य चेकजाचको लागि आएका थिए । उनको डाक्टर कौसर अलिले स्वास्थ्य चेकजाँच गरेका थिए । उनको त्यहाँ सामान्य चेकजाँचपछि नजिकै रहेको ग्रिनक्रस हस्पिटलमा पठाइएको थियो । ती भारतिय नागरिकको आईतबार विहान मृत्यु भएपछि मृतकका आफन्तले सोही क्लिनिकमा शव लिएर पुगेपछि हो हल्ला हुदाँ क्लिनिकबारे घटना बाहिर आएको हो । आईतबार साँझ पोलिक्लिनिक अगाडी एम्बुलेन्समा शव राखी क्षतिपुर्तीको माग राखेका थिए । त्यही बेला स्थानियवासी , प्रहरी , सञ्चारकर्मी र विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादव पुगेर हेर्दा पोलिक्लिनीको भित्रपटी रहेको कोठामा ४ जना विरामी राखेर उपचार गरेको भेटिएको थियो । उक्त समयमा भने पोलिक्लिनिकका संचालक नौसाद आलम र जाबेद अन्सारी भने थिएनन् ।

तर मृतकका आफन्तले लामो समय सम्म शवलाई पोलिक्लिनिकमा नै राखेर धर्ना सरह दिएपछि प्रहरीले संचालकहरुलाई बोलाएर बार्ता गराएर शवलाई आईतबार राती नै भारत पठाएका थिए । मृतकका आफन्तले जिगरी पोलिक्लिनिकमा आईतबार साँझ शव राखेर क्षतिपुर्ति माग्न थालेपछि पोलिक्लिनिको भित्री कुरा बाहिर आएको हो । तर यता कौसर अलिले भने चिकित्सको लापारबाही नभएर विरामीका आफन्तले निको भईसकेको विरामीलाई धेरै खानेकुरा दिएर सड्केका कारण अचानक स्वास फेर्न समस्या आएर विरामी मृत्यु भएको बताउनुभयो । तर चिकित्सक कुनै पनि लापारबाहीले मृत्यु नभएको अलिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्