प्रकृति लम्सालको मृत्यु प्रकरणमा चौतर्फी आवाज उठ्न थाल्यो

<span class='c1'>प्रकृति लम्सालको मृत्यु प्रकरणमा</span> <span class='c2'>चौतर्फी आवाज उठ्न थाल्यो</span>

विराटनगर । बुटवल सिद्धार्थनगर–८ की स्थायी बासिन्दा भई भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) क्याम्पसमा बीटेक पढिरहेकी प्रकृति लम्सालको मृत्यु प्रकरण विषयमा अहिले चौतर्फी आवाज उठ्न थालेको छ ।
प्रतिनिधि सभा , राष्ट्रिय सभा लगायत विभिन्न राजनितीक दलका विद्यार्थी संघ संगठनहरुले सडकदेखी सदन सम्म आवाज उठाईरहेका छन् । उता राष्ट्रिय पार्र्टीहरुले पनि आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीहरुले मंगलबार विहान प्रदर्शन गरेका छन् । कलेज परिसरबाट निस्कीएका विद्यार्थीहरुले घटनाको सत्यतथ्यसहित उचित छानविन हुनुपर्ने माग गरेका छन् । कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालय नजिक रोडशेष चौकमा विद्यार्थीहरुले भारत सरकारको विरोधमा नारा लगाएका थिए । त्यससँगै नेपाल सरकारले तत्काल नेपाली विद्यार्थीमाथि भईरहेको ज्यादती रोकेर प्रकृतिमाथि न्याय दिलाउन कुटनीतिक पहल लिनुपर्ने विद्यार्थीहरुले माग उठाएका छन् ।


विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय हत्या हुनु र त्यसपछि नेपाली विद्यार्थीमाथि ज्यादती हुनुलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने विद्यार्थीहरुले आवाज उठाएका थिए ।
मोरङ क्याम्पस स्ववियु सभापति जसवन्त पौडेलले मृतक र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको पक्षमा नेपाली विद्यार्थीहरुले आवाज उठाएर न्याय दिलाउने बताए । उनले रहस्यमय हत्याको न्यायिक छानविन गरेर घटनामा संलग्न देखिएका भारतीय नागरिकलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन् ।


अमानवीय घटनाले नेपाली मात्र होइन, भारतका विद्यार्थी, अभिभावक, मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, तथा सम्पूर्ण न्यायप्रेमी जनतालाई गहिरो रूपमा मर्माहित बनाईरहेको छ । प्रकृति लम्सालको हत्या प्रकरणपछि विश्वविद्यालयका विद्यार्थीहरूले न्यायका लागि दबावमूलक आन्दोलन गर्दा उनीहरूमाथि भएको दुव्र्यवहार र कलेज प्रशासनको गैरजिम्मेवार तथा असंवेदनशील व्यवहार निन्दनीय भएको विद्यार्थीहरुको भनाई छ ।


विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत पराराष्ट्रमन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र भारतीय दुतावासलाई ज्ञापनपत्र बुझाएका छन् । लम्साललाई सोही विश्वविद्यालयमा अध्ययनरत अद्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेको बुझिएको छ । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही नभएको विद्यार्थीहरुको आरोप छ । लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । श्रीवास्तव अहिले प्रहरी हिराशतमा अनुसन्धानका क्रममा छन्। । उता आन्दोलनरत विद्यार्थीहरुलाई विश्वविद्यालयले जबरजस्ती निकालेपछि विद्यार्थीहरुको विचल्ली हुन पुगेका थिए । कतिपय विद्यार्थीहरु नेपाल फर्कने तयारीमा छन् भने कतिपय विद्यार्थीहरु आउनेक्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्