विराटनगरका मेहराज हक उर्फ छोटु, पहिला चस्मा बुझे–अनि चस्मा बेचे

<span class='c1'>विराटनगरका मेहराज हक उर्फ छोटु,</span> <span class='c2'>पहिला चस्मा बुझे–अनि चस्मा बेचे</span>

इशु पन्त
विराटनगर । विराटनगर जलजलाचौक नजिकै सुपर चस्मा घर सञ्चालन गर्दछन् मोहमद मेहराज हक उर्फ छोटु । उनी ३० वर्षदेखि चस्माको व्यापारमा जोडिएका हुन् । आफ्नै व्यापार गरेको चाँहि २५ वर्ष पुग्यो । उमेरले १८ टेक्दादेखि अरुका आँखामा पावर भरीरहेका छोटु व्यापारमा तल्लिन छन् । उनको व्यापारको जग भनेको उनको सुरुवाती संघर्ष हो ।

‘दुइवर्ष पारिश्रमिक बिना नै चस्माघरमा काम गरेको परिणाम अहिले चाख्दै छु’ उनले भने १८ वर्ष हुँदा चस्मा दोकानमा काम सुरु गरे । त्यसपछि चस्माको विषय बुझे अनि सिके । काम सिक्नैका लागि बिना पारिश्रमिक दुईवर्ष समय दिएका उनले त्यसपछि पाँचवर्ष न्यूनवेतनमा काम गरे । उमेरले २५ टेक्दा चस्माको ग्यामरस व्यापार भित्र उनी लपप्कै भिजे । साथीसंगी, चिनजान र यसको व्यापार लाइन समाएपछि उनले चस्मा पसल सुरु गरे । लगातार १८ वर्षदेखि उनले जलजला चौकमा आफ्नो व्यापार गरिरहेका छन् ।

अरुको पसलमा काम सिकेर आफ्नै पसल सञ्चालनमा ल्याएका उनले चारलाख लगानी प्रारम्भमा गरेको सुनाए । त्यसपछि कमाउँदै गए, लगानी बढाउँदै लगे । अहिले उनको दोकानमा १८ लाख लगानी पुगिसकेको छ । चस्मा दृष्टि सुधारको लागि मात्रै नभएर सौन्दर्यको समेत प्रतिनिधित्व गर्ने वस्तु मानिन्छ । उनले चिकित्सको सिफारिसका आधारमा र सामान्य घाम तथा धुलोबाटा आँखाको रक्षा गर्ने किसिमका चस्मा बिक्री गर्ने गरेको सुनाए ।

उनलाई केहि गाह्रो कोरोना कालमा भएको थियो । तर, त्यसबाट उनी कतिपनि आत्तिएनन् । ‘मेरी आमा भन्नुहुन्थ्यो, केहि पाउन केहि गुमाउनुपर्छ’ कोरोनाबाट जोगिन व्यापार घाटा सहनुपर्ने नै थियो । उनको भनाई अनुसार अहिले चस्मामा पनि आधुनिक प्रविधिले सहज बनाई दिएको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर पावरको यकिन गर्न सकिन्छ । चिकित्सकले सिफारिस गरेको पूर्जामा उल्लेखित पावर अनुसार नै चस्मा बनाएर ग्राहकलाई दिनुपर्ने सत्यतालाई मर्न नदिनु उनको परिचय भएको बताउँछन् । पसलमा चारसय देखि चार हजारसम्मको चस्मा रहेको बताउने उनी पावरवाला चस्माको मूल्य पाँचसय भन्दा न्यून रहेको सुनाउँछन् ।

सरल र मिजासिलो स्वभाव भएका उनले जसरीले अरुको पसलमा सिकेर व्यापार गरे, त्यस्तै उनको पसलमा काम सिकेर व्यापार गर्नेहरु समेत सफल रहेकोमा उनी खुशी छन् । सिकाईमा धैर्यता चाँहिन्छ, व्यापारमा सत्यता उनले भने–नाफामुखी मात्रै हुनुपनि हुन्न, सेवामुखी मात्रै भएर पनि चल्दैन । तर, आफ्नो अवस्था धान्नका लागि अरुलाई जर्बरजस्ती व्यापारमा ठग्नु नहुनेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्