विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र ग्रिनपिस विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ ।
पहिलो खेलमा अर्र्किड स्कुलले विनायक स्कुललाई ९२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले ४० रन बनाउँदा प्रेम कामतले ३६ रनको योगदान दिए । विनायकका शिभम पासवानले १ विकेट लिए ।
१ सय ७८ रनको लक्ष्य पछ्याएको विनायकले १४ औं ओभरमा सवै विकेट गुमाई ८५ रनमा सिमित भयो । विनायकका प्रनेश गुरुङले सर्वाधिक २१ रनको योगदान दिए । अर्किडका प्लेयर अफ म्याच प्रेम कामतले ४ विकेट लिए ।
दोस्रो खेलमा ग्रिनपिस स्कुलले सत्यनारायण स्कुललाई ४७ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको ग्रिनपिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३० रन बनाएको थियो । ग्रिनपिसकालागि मुर्सिद आलमले सर्वाधिक ४० रनको योगदान दिए । सत्यनारायणका शत्रुधन चौधरीले २ विकेट लिए ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको सत्यनारायणले १५ ओभरमा सवै विकेट गुमाई ८५ रनमा सिमित भयो । सत्यनारायणका साइमन कामतले सर्वाधिक २० रनको योगदान दिए । ग्रिनपिसका प्लेयर अफ म्याच मिराज शेख र सद्धाम आलमले ३–३ विकेट लिए ।