एभरेष्ट एक्जिबिसन : विद्यार्थी भन्छन्, उत्साही छौं! अभिभावक भन्छन्, छोराछोरीको क्षमता बुझ्न पाइयो !

<span class='c1'>एभरेष्ट एक्जिबिसन : विद्यार्थी भन्छन्, उत्साही छौं!</span> <span class='c2'>अभिभावक भन्छन्, छोराछोरीको क्षमता बुझ्न पाइयो !</span>

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन मंगलबार समापन भएको छ । दुई दिने एक्जिबिसनबाट विद्यार्थी र अभिभावकहरु भने निकै उत्साही भएको पाइएको छ ।

एक्जिबिसनमा भाग लिएका विद्यार्थीहरु किताबमा पढेका कुरालाई व्यवहारिक रुपमा आफ्ना अभिभावकलाई देखाउन पाउँदा निकै हर्षोल्लित बनेका देखिन्थे भने अभिभावक आफ्ना छोराछोरीको कौशलता हेरेर दङ्ग परिरहेका देखिन्थे ।

एक्जिबिसनमा कक्षा १० मा अध्ययनरत नातिको प्रदर्शन हेर्न पुग्नुभएका विराटनगर–१० का घनेन्द्र खड्काले भन्नुभयो,‘स्कुलले दिएको यो अवसर बालबालिकाको लागि अत्यन्तै सुनौलो हो । यहाँ अनुभव गरेर सिक्ने अवसर प्रदान भएको छ । यो तरिका अत्यन्त मन प¥यो । यसले सिकेका कुरालाई व्यवहारमा उतार्न सिकाएको छ ।’

यस्तै अर्की अभिभावक रिता बरालले घरमा बच्चाहरुले केहि गर्लान जस्तो नलागे पनि यहाँ आएर हेर्दा भने धेरै गर्लान् जस्तो लागेको प्रतिकृया दिनुभयो । उहाँसँगै रहनु भएकी कक्षा १० की छात्रा धारणा बरालकी आमाले एक्जिबिसन धेरै राम्रो लागेको भन्दै अरु स्कुलको तुलनामा एभरेष्टको सिकाई पद्दति उत्कृष्ट रहेको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो, ‘यहि भएर होला मेरा छोराछोरी अन्य स्कुलमा जानै मानेनन् ।’

त्यसो त अभिभावक मात्र हैन, कक्षा ९ मा अध्ययनरत विद्यार्थी अनिरुद्र सेडाईं पनि विद्यालय प्रशासनलाई धन्यवाद दिँदै भन्नुहुन्छ,‘ एक्जिबिसनले कक्षा कोठामा किताबमा अध्ययन गरेको कुरालाई सहि ठाउँमा ब्यवहारिक रुपमा प्रदर्शन गर्न सिकाएको छ । ‘टिम वर्क’मा काम गर्न सिकाएको छ । यसले हामीलाई सिक्ने अवसर प्रदान गरेको छ ।’

यस्तै कक्षा ९ कै सृजना खनालको बुझाईमा पनि एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कार्यक्रम गरेर किताबी ज्ञान मात्र नभई शारिरिक, मानसिक तथा उर्जाशील भावनाको विकास गर्दै आएको छ । उहाँले भन्नुभयो,‘यसरी आयोजना हुने विभिन्न कृयाकलापले ईसिए र सीसीएमा पनि निकै राम्रो प्रगति गरेको छ भने विद्यार्थीहरूमा ज्ञान र सीप सँगसँगै क्षमता विकासमा सहयोग पु¥याएको छ ।’

उहाँले ‘डिजी स्कुल’, ‘कारखाना’, ‘ह्याप्पीनेस करिकुलम’ लगायतका कोर्षले विद्यार्थीको क्षमता अभिवृद्धिमा अतुलनीय योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘एभरेष्टले गर्ने हरेक कार्यक्रमबाट हामी उत्साही हुँदै आएका छौं । ’

यस्तै कक्षा १० की छात्रा रिजु अधिकारीले एक्जिबिसन रमणीय मात्रै नभई धेरै कुरा सिक्ने थलोको रुपमा आफूहरुले पाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले नदेखेको–नसुनेको विषयमा पनि यस एक्जिबिसनले जानकारी दिएको छ ।’

सोमबार कक्षा यू.के.जी देखि ५ सम्म र मंगलबार ६ देखि १२ सम्मका विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए । विभिन्न ४१ वटा स्टलमा विद्यार्थीहरुले दुई दिन नेपाली साँस्कृतिक विषयवस्तुदेखि अहिलेको आधुनिक आर्टिफिसियल एजेन्सी सम्मका विषयहरु प्रदर्शनीमा राखेका थिए ।

‘हाम्रो उद्देश्य भनेकै विद्यार्थीहरुले पाठ्यक्रममा सिकेको सबै कुरालाई व्यवहारिक रुपमा पनि ज्ञान हासिल गर्नुपर्छ भन्ने हो’ विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले भन्नुभयो,‘ विद्यालयले भने जस्तै शिक्षा दिएको छ ÷छैन अवलोकन गरेर प्रमाणित गर्ने यो एउटा अवसर पनि हो ।’

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दुई दिवसीय एक्जिबिसन अपेक्षा गरेभन्दा भब्य र सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा विद्यार्थीले सिकेका विषयहरु जसरी प्रदर्शनी गरे त्यो उच्चस्तरीय रहेको हामीले अनुभूति गरेका छौं । यसले हामीलाई विश्वस्तरीय शिक्षा यहीँबाट प्रदान गर्न सकिन्छ भन्नेमा हौसला मिलेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्