विराटनगर–८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण

<span class='c1'>विराटनगर–८ स्थित बलुवाहीमा</span> <span class='c2'>मलामी विश्रामघर निर्माण</span>

विराटनगर । विराटनगर वडा नम्बर ८ स्थित बलुवाहीमा मलामी विश्रामघर निर्माण हुने भएको छ ।

महानगरपालिका र वडाको आर्थिक स्रोतबाट निर्माण हुन लागेको मलामी विश्रामघरको मेयर नागेश कोइरालाले शिलान्यास र उपमेयर शिल्पा निराला कार्कीले भूमिपूजन गर्नुभयो ।

२० फिट चौडाइ र ४० फिट लम्बाइ रहेको विश्राम घर एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । महानगरको ३ र वडाको ५ लाखसहित कुल ८ लाख रुपैयाँमा निर्माण हुने विश्रामघरको छानो जस्तापाताको हुनेछ ।
विशेष गरी विराटनगर–८ का बलुवाही, अमरटोल, विश्वकर्मा चोक, विराटनगर–१०, १४ र जहदा गाउँपालिकाका केही वडाबाट बलुवाहीस्थित घाटमा अन्त्येष्टिका लागि ल्याइने गरिएको छ । यसरी अन्त्येष्टिमा आउने मलामीलाई बस्न सहज होस् भन्ने उद्देश्यले विश्रामघर निर्माण गर्न लागिएको वडाध्यक्ष पोखरेलको भनाइ छ ।

शिलान्यास समारोहमा कार्यपालिका सदस्य ताराकुमारी राय, वडासदस्य कविता विश्वकर्मा, भुवनेश्वर राजवंशी, मोहम्मद अब्बासलगायत स्थानीय समाजसेवी, बुद्धिजीविको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्