विराटनगर । प्रजातन्त्र दिवसको अवसर पारेर अर्किड कलेज विराटनगरले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
यस अघिको प्रतियोगीताबाट फाइनलमा प्रवेश गरेका आठ वटा टिमहरु बीच फाइनल प्रतियोगीता सम्पन्न बुधबार सम्पन्न भएको हो ।
प्रतियोगीतामा कक्षा १२ सिस्टस सेक्सन प्रथम , कक्षा ११ को पिस्टीया र ओसीमम सेक्सनका विद्यार्थीहरु क्रमश दोस्रो र तेस्रो भएको हाजिर जवाफ प्रतियोगिता कार्यक्रम संयोजक मनोज तिवारीले जानकारी दिनुभयो । बिजेताहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । विजेताहरुलाई कलेजका प्रिन्सीपल सिएम श्रेष्ठले पुरस्कार हस्तान्त्रण गर्नुभएको थियो । प्रिन्सीपल श्रेष्ठले विजेताहरुलाई हार्दिक बदाई ज्ञापन दिदै आगामी दिनको शैक्षिक प्रगतिको सफलताको शुभकामना प्रदान गर्नुभयो ।
सोही अवसरमा अर्किड कलेजले लिएको म्यानेजमेन्ट तर्फको सिम्याटको अब्जेटिभ परीक्षामा उत्कृष्ट हुने ३ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी साइन्स तर्फ कम्प्युटर वायोमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लिइएको अब्जेटिभ परीक्षामा उत्कृष्ट हुने सम्पूर्ण विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । अर्किड कलेज विराटनगरले विद्यार्थीका निम्ती पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिदै आएको कलेजले जनाएको छ ।