एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पूर्वाञ्चल र माउन्ट मकालु स्कुललाई

<span class='c1'>एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पूर्वाञ्चल</span> <span class='c2'>र माउन्ट मकालु स्कुललाई</span>

विराटनगर । एसबीएससी जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पूर्वाञ्चल विद्या सदन र रंगेलीको माउन्ट मकालु स्कुलले जितेको छ ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार विराटनगरमा आयोजना गरेको उक्त प्रतियोगितामा सिनियरतर्फ पूर्वाञ्चल विद्या सदन स्कुलकी जिया कुमारी मण्डल र जुनितयरतर्फका माउन्ट मकालु स्कुलका ओम कुमार मण्डलले उपाधि जितेका हुन् ।

त्यसैगरी कक्षा १ देखि कक्षा ५ सम्म जुनियरतर्फको द्धितीय पथरीको एभरेष्ट स्कुलका आभा केरुङ र तृतीय रंगेलीको मिनिल्याण्ड स्कुलकी अनुस्का साह घोषित भइन् । त्यसैगरी जुनियर तर्फको सान्तवना मोरङ पब्लिक स्कुलका नवराज मण्डल, ग्रेडेड स्कुलका सुभम श्रेष्ठ, स्टार स्कुलका सलोनी मालरी, कान्तिपुर स्कुलका विप्लव दास र जेभियर्स स्कुलका आनथ गुप्ता घोषित भए ।

त्यसैगरी कक्षा ६ देखि १० सम्मको सिनिरयतर्फको द्धितीय सुन्दरहरैचामा रहेको सुविजिमुर मेमोरियाल सेकेण्डरी स्कुलका सोजन लिम्बु, तृतीय विराटनगरको भगवती विद्या मन्दिरको नाजिया प्रविन र विराटनगरको सिद्धार्थ सिसु सदनको राशी बालमिकी घोषित भए । त्यस्तै सान्तवना ग्रेडेड स्कुलका कृतिका यादव, मिनिल्याण्ड स्कुलका निखिल शाह, मदरल्याण्ड एकाडेमीका ओम प्रसाद शर्मा, ग्रिनल्याण्ड स्ुकलका सरस्वती शर्मा र माउन्ट मकालु स्कुलका गरिमा विश्वास भइन् ।

प्रतियोगिताको निर्णायकहरुमा श्रीनिवास पोखरेल र प्रनोद दत्र् रहेका रहेका थिए । प्रतियोगितामा ६० बढी विद्यालयहरुको सहभागिता रहेको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र प्रसाद ढकालले जानकारी दिए । विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता संस्थागत विद्यालय बचत तथा सहकारी संस्थाले प्रत्येक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर गर्दै आएको छ ।

प्रतियोगितामा बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जिवन गड्तौला, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष बिष्णु डंगोललागयतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्