विराटनगर रानी बर्माटोल सलाइ मिलमा सुरु भयो एकहप्ते शिव महापुराण (महायज्ञ)

<span class='c1'>विराटनगर रानी बर्माटोल सलाइ  मिलमा</span> <span class='c2'>सुरु भयो एकहप्ते शिव महापुराण (महायज्ञ)</span>

विराटनगर । विराटनगर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको शिव महापुराण आजबाट सुरु भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ बाट सुरु भई फागुन १४ गते सम्म महायज्ञ हुदैछ । महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुदैछ ।


रानी बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोजनामा आजबाट सुरु भई फागुन १४ गते सम्म श्री शिव महापुरण महायज्ञ हुने भएको हो ।
महापुराणको कथा बाचन कुवेर सुवेदीको मुखारविन्दुबाट हुदैछ । महापुराणमा दैनिक हजारौँको सख्यामा भक्तजन आउने अपेक्षा गरिएको छ । आयोजक समितिले सलाई मिल परिसरबाट आज विहन कलश यात्रा समेत निकालेको छ । कशल यात्रामा पन्चेबाजा सहित नगरपरिक्रमा गराईएको छ ।

 


बर्माटोलमा रहेको नवनिर्मित राधाकृष्ण मन्दिर एव सामुदायिक भवनको पुन निमार्ण र अक्षय कोष स्थापनाको लागि एक हप्ताको महापुराण लगाउन लागिएको आयोजकले जनाएको छ ।
महापुराणमा बर्माटोल, दरैयाबस्ती, दक्षिणगेट, हटताली हाट, रघुपति जुटमिल,जतुवा, परिजात टोल लगायत उत्तरी भेगबाट श्रद्धालु भक्तजनहरुको उपस्थिती रहने आयोजकले अपेक्षा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्