विराटनगर । विराटनगर १० मा रहेको अर्किड स्कुलमा बार्षिक कार्यक्रम अन्र्तगत खेलकुद प्रतियोगिता सुरु गरेको छ । स्कुलले हरेक बर्ष आयोजना गर्ने बार्षिक खेलकुद कार्यक्रम अन्र्तगत स्कुलले बिहीबारदेखी खेलकुद कार्यक्रम सुरु गरेको हो । अर्डिक स्कुलका प्रिन्सीपल सिएम श्रेष्ठले स्कुल खेल मैदानमा रिवन काटेर दुईदिने खेलकुद प्रतियोगिताको उद्धघाटन गरे ।
कक्षा नर्सरीदेखी १० सम्मका ७ सय बढी विद्यार्थी मध्ये ४ सयले खेलकुद प्रतियोगितामा सहभागिता जनाएको प्रिन्सीपल सिएम श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुलाई पढाईका अतिरिक्त खेलकुद क्षेत्रमा पनि अब्बल बनाउनको निम्ती स्कुलले हरेक बर्ष खेलकुदका कार्यक्रम गर्दै आएको प्रिन्सीपल श्रेष्ठले बताए । दुईदिने खेलकुद कार्यक्रममा भलिबल, फुटबल , क्रिकेट, कवड्डी, चम्चा दौड लगायत साना बालबालिकाहरुको लागि रोमान्चक खेलहरु आयोजना गरेको छ ।