विराटनगरमा अन्तरविद्यालय विज्ञान प्रदर्शनी, पन्ध्र हजार विद्यार्थी सहभागी

<span class='c1'>विराटनगरमा अन्तरविद्यालय विज्ञान प्रदर्शनी,</span> <span class='c2'>पन्ध्र हजार विद्यार्थी सहभागी</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । विराटनगरस्थित आदर्श माविमा महानगरपालिका भित्रका १५ हजार विद्यार्थीलाई सहभागी गराएर प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा प्रतिस्पर्धी क्षमताको विकाससँगै खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गर्ने बताएका थिए ।

महानगरपालिकाले प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखेको बताउँदै मेयर कोइरालाले विज्ञान प्रदर्शनीले विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन भएको उल्लेख गरेका छन् । “प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू प्राप्त हुन्छन्, आफैं स्वरोजगार पनि हुन सकिन्छ ।” कोइरालाले भने–अन्तरीक्षसम्बन्धी खोज अनुसन्धानका लागि प्रदेशस्तरमा केन्द्र स्थापना हुनुपर्नेमा समेत जोड दिएका छन् ।

उपमेयर शिल्पा निराला कार्कीले विद्यालयस्तरदेखि नै विद्यार्थीहरूलाई खोज र अनुसन्धानमा लाग्न विज्ञान प्रदर्शनीले थप प्रेरित गर्ने बताएकी छिन् । उनले यस्ता प्रदर्शनीले विज्ञान र प्रविधिमा चासो राख्ने विद्यार्थीलाई अगाडि बढ्न सहयोग पुग्ने विचार व्यक्त गरेका छन् । उपमेयर कार्कीले विज्ञान र प्रविधितर्फ विद्यार्थीको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्ने गरेको जानकारी दिएकी छिन् ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरले वृहत विज्ञान प्रदर्शनी गरेर विद्यार्थी–विद्यार्थी बीच र विद्यालय–विद्यालयबीच प्रतिस्पर्धी क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । यस्तै प्रदर्शनीबाट विद्यार्थीको क्षमता निराखिँदै जाने उनको विचार थियो ।

९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीमध्ये हरेक विद्यालयबाट १ जना छात्रासहित ५ जना विद्यार्थीले सहभागिता जनाएको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले बताएका छन् । सहभागीमध्येबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालय छनौट गरिनेछ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना विद्यालयलाई क्रमशः २०, १५, १० र ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । महाशाखाका अधिकृत रमेश ढुंगानाका अनुसार ५ वटा विधामा उत्कृष्ट हुने विद्यालयलाई प्रोत्साहनस्वरुप २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । २०७६ सालदेखि सुरु भएको प्रदर्शनीमा गत वर्ष १० हजारभन्दा बढीले अवलोकन गरेका थिए । यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थीले प्रदर्शनी अवलोकन गरेको ढुंगानाले जानकारी दिएका छन् ।

मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले आजै (शुक्रबार) साँझसम्ममा पुरस्कृत विद्यालयहरूको नाम सार्वजनिक गर्नेछ । स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरिने प्रमुख निर्णायक नेपालले जानकारी दिनुभयो । हिसान मोरङ, प्याब्सन विराटनगर, एन–प्याब्सन विराटनगर र नगर बाल क्लब सञ्जालले विज्ञान प्रदर्शनीमा सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्