बुढानीलकण्ठ स्कुलको ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

<span class='c1'>बुढानीलकण्ठ स्कुलको ४१ औं अभिभावक दिवस,</span> <span class='c2'>एक दर्जन बढी शिक्षक सम्मानित</span>

विराटनगर । विराटनगर – २ सोमबारेमा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ ।
स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।


यस अवसरमा विद्यालयले लामो समयसम्म काम गर्ने शिक्षकह?लाई सम्मान गरेको छ । दश वर्षदेखि निरन्तर ?पमा ३५ वर्षसम्म काम गर्ने शिक्षकह?लाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले जानकारी दिए । यसरी सम्मानित हुने शिक्षकह?मा अजय कुमार राजवंशी, गणेश गौतम, रमा खतिवडा, रेखा खातनु, नम्रता जोशी, नवराज, मन्जु श्रेष्ठ, अविनाश कुमार देव, सुष्मा राजवंशी, संगीता ताम्राकार, विनोद राजवंशी, राजेश्वर राजवंशी, पंकज जैन र दिपेन्द्र थापा रहेका छन् । उनीह?ले लामो समयदेखी विद्यालयमा निरन्तर अध्यापन गराउँदै आएकोले विद्यालयले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरको थियो ।

सम्मानित भएका शिक्षकह?लाई कार्यक्रमको प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरना र विद्यालयका प्रिन्सिपल मणीराज भट्टराई, स्कुलका अध्यक्ष बुद्धिबहादुर प्रधानले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल भट्टराईले विद्यालयलाई गुणस्तरीय शिक्षासँगै विद्यार्थीह?लाई भयरहित बातवरण अध्ययपन गराउनको लागि चार करोड बढीको लगानी गरेको बताए । विद्यार्थीह?लाई सिप र संस्कारसहित गुणस्तरीय शिक्षासँगै अतिरिक्ति क्रियाकलापमा पनि अगाडी बढाएको बताए ।

त्यसैअनुसार विद्यार्थीह?ले वार्षिक उत्सव तथा अभिभावक दिवसमा आफ्नो प्रतिभा देखाउने अवसर पाएको उनले बताए । कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले विद्यार्थीह?लाई रोजगारमुखी शिक्षा दिएर अगाडी बढाउनुपर्नेमा जोड दिए । प्रविधियुक्त शिक्षा दिएर दश जनशक्ति उत्पादनमा निजी क्षेत्रको ठुलो भुमिका रहेको उनको भनाई थियो ।
दुई दिनसम्म संचालन भएको विद्यालयको अभिभावक दिवस पहिलो दिन कक्षा नर्सरी देखि चार सम्मका विद्यार्थीह?ले प्रतिभा प्रस्तुत गरे । शनिबार दोस्रो दिन पाँच देखि कक्षा १) सम्मका विद्यार्थीह?ले सांस्कृतिक नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अभिभावक, शिक्षक र अतिथिहरूले दिनभरी मनोरञ्जन प्राप्त गरे । २)४) सालमा स्थापित स्कुलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण सबैको रोजाइमा पर्न सफल भएको स्कुलको दाबी छ ।


वार्षिकोत्सवको अवसर पारेर स्कुलका संस्थापक फाउण्डर अध्यक्ष खगेन्द्र पाण्डे र संस्थापक ज्ञानु पाण्डेलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई कार्यक्रमको पहिलो दिनको प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले सम्मानपत्रका साथ दोसला ओढाएर सम्मान गरेका थिए ।
स्कुलका सञ्चालक समितका अध्यक्ष बुद्धिबहादुर प्रधानको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । बूढानीलकण्ठ स्कुलमा नर्सरीदेखि कक्षा १ सम्म करिब १ हजार ३ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्