विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार अभिभावक दिवस सम्पन्न गरेको हो ।
अभिभावक दिवसको अवसर पारेर स्कुलले विभिन्न कार्यmत्रम आयोजना गरी शनिबार औपचारिक रुपमा सम्पन्न गरेको स्कुलका प्रिन्सिपल इन्द्र राईले बताए । स्कुलले पहिलो दिन शुक्रबार पिजिदेखि कक्षा ३ सम्म अध्ययरत विद्यार्थीहरूले नाटक , फेशन,नृत्य, गायन, स्पिज लगायतका प्रतिभा प्रस्तुत गरे । शनिबार ४ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेर दिनभरी सहभागी भएका अतिथि, अभिभावक , शिक्षक र विद्यार्थीहरुलाई दिनभरी रमाइलो प्रदान गरे । अभिभावक दिवसको अवसर पारेर विद्यालयले मोर्डन एरा लिटल च्याम्स प्रतियोगिता पनि आयोजना गरेको छ । उक्त प्रतियोगितामा एक दर्जन बढी किशोरीहरुले भाग लिएका छन् । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएका विद्यालयका प्रिन्सिपल इन्द्र राईले बताए । यस पटकको तेस्रो संस्करणको प्रतियोगिता हो ।
अभिभावक दिवसको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका समाजिक विकाश मन्त्री पाँचकर्ण राई गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले सिप र संस्कार सहितको शिक्षा विद्यार्थीहरुलाई दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममको विशिष्ट अतिथि प्रदेश सांसद भिम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले गुणस्तरीय शिक्षासँगै रोजगारमुखि शिक्षा दिएर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेत, उपाध्यक्ष विष्णु डंगोल, स्कुलका प्रिन्सिपल इन्द्र राई कलेजका क्याम्सप प्रमुख ठाकुर भण्डारीले बोलेका थिए । कार्यक्रम सभापतित्व मोर्डन एरा स्कुल ब्यवस्थापन समितका अध्यक्ष गोविन्द निरौलाले गरेका थिए ।