केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि

<span class='c1'>केपी ओली कप</span> <span class='c2'>च्याम्पियनसिप फुटबल आजदेखि</span>

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आजदेखि सुरु हुँदैछ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ, भने यसको उद्घाटन सत्र १ बजेदेखि सुरु हुनेछ ।

उद्घाटन सत्र को प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख अतिथिमा हरिवंश आचार्य आउने आयोजकले जनाएको छ । साथै गायक बद्री पंगेनी, महेश काफ्ले, अस्मिता अधिकारी, समिक्षा अधिकारी लगायतको प्रस्तुति रहने छ । पहिलो खेल उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसीबीच हुनेछ ।
प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता जनाएका छन् । आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेड विदेशी टोलीको रूपमा सहभागिता जनाएका छन् ।

यसबाहेक एपीएफ एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी ओली एफसी, न्यूरोड टिम र मच्छिन्द्र एफसी सहभागी छन् । पहिलो सेमिफाइनल फागुन १६ र दोस्रो सेमिफाइनल फागुन १७ गते हुनेछ । फाइनल खेल फागुन १९ गते हुने तालिका छ । सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

प्रतियोगितामा इटालीका विश्व चर्चित फुटबल खेलाडी तथा लिजेन्ड गोलकिपर जियानलुजी बुफनकोको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्