किराँत राई बान्तावा खिमको सम्मेलन सम्पन्न

<span class='c1'>किराँत राई बान्तावा</span> <span class='c2'>खिमको सम्मेलन सम्पन्न</span>

विराटनगर । विराटनगर–११ स्थित साकेला थानमा किराँत बान्तावा खिम महानगर समितिको अधिवेशन सम्पन्न भएको छ । विराटनगरमा रहेका बान्तावा खिमहरुले पहिलो सम्मेलन गर्दै संगठित भएका हुन् ।

हाङकोनयुमा बान्तावा राईको अध्यक्षतामा सम्पन्न सम्मेलनमा केन्द्रीय अध्यक्ष ज्ञान किराँती काम्दुङको प्रमुख अथिति रहेका थिए । यसैगरी प्रदेशका समिति उपाध्यक्ष आश कुमार बान्ताव राई, सचिव किरान बान्तावा, यायोख्खा अध्यक्ष विष्णु राईसहितको उपस्थिति रहेको थियो ।
महानगरमा हङकोनयुमाको नेतृत्वमा नव निर्वाचित समितिको पुर्नगठन गरिएको छ ।

जसमा उपाध्यक्ष खड्ग बान्तावा राई, सचिव सुजाता बान्तावा राई, सहसचिव खड्ग बहादुर बान्तावा राई रहेका छन् । यसैगरी सहसचिवमाजगत ब. खिम्बुले राई, कोषाध्यक्ष जस बहादुर बान्तावा राई चयन भएका छन् । त्यसैगरी सरिता बान्तावा राई, तारा बान्तावा राई, दीपसन बान्तावा राई सीता बान्तावा राई, बिमला बान्तावा राई, सुजिना बान्तावा राई, श्रवण बान्तावा राई, सदस्यहरु रहेका छन् ।

प्रशिक्षार्थी, सुजता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्