विराटनगरबाट सुरु भयो प्रथम ‘कोशी प्रदेश खेलकुद महोत्सव २०८१’ (फोटो फिचर)

<span class='c1'>विराटनगरबाट सुरु भयो प्रथम ‘कोशी प्रदेश</span> <span class='c2'>खेलकुद महोत्सव २०८१’ (फोटो फिचर)</span>

विराटनगर । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो' भन्ने मुख्य नाराका साथ आजबाट प्रथम ‘कोशी खेलकुद महोत्सव २०८१’ सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा आज(मंगलबार)देखी सुरु भएको कार्यक्रम विराटनगरको शहिद रंशालामा एक भव्य समारोह बीच खेलकुद महोत्सव सुरु भएको हो ।

कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले प्रथम कोशी खेलकुद महोत्सवको बेलुन उडाएर उद्धघाटन गरेका थिए । कोशी प्रदेशमा भईरहेको खेलकुद शुन्यतालाई चलायमान राख्न तथा खेलकुद क्षेत्रमा दैनिक गतिविधी बढाउन प्रथम खेलकुद महोत्सव २०८१ आयोजना गरिएको खेलकुद विकास बोर्ड सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले बताउनुभयो ।

खेलकुद महोत्सवमा १४ जिल्लाबाट खेलाडी सहभागि गराई एथलेटिक्स, कवड्डी, डोरी तान, सफ्ट टेनिस, कराँते,तेक्वान्दो , बुद्धिचाल,बाघचाल,महिला फुटबल, महिला भलिभल, टेवलटेनिस खेलहरु समावेश गरिएका छन् । महोत्सवको उद्धघाटन पश्चात रंगशालामा डोरीतान र महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न बोर्डका अध्यक्ष एवं सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा ८७ सदस्यीय मुल समारोह व्यावस्थापन समिति समेत निर्माण गरिएको छ ।

कोशी प्रदेशमा पहिलोपटक आयोजना गरिएको प्रथम कोशी खेलकुद महोत्सव आगामी समापन फागुन १८ गते सकिने बोर्डले जनाएको छ । प्रतियोगितमा समावेश भएका खेलहरु झापा र मोरङ्ग जिल्लाका विभिन्न खेल स्थलहरुमा आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्