कोशी खेलकुद महोत्सवः तीन जिल्लाको विजयी सुरुवात

<span class='c1'>कोशी खेलकुद महोत्सवः तीन</span> <span class='c2'>जिल्लाको विजयी सुरुवात</span>

विराटनगर । विराटनगरको सहिद रंगशालामा ‘प्रथम कोशी खेलकुद महोत्सव’ आज (मंगलबार)देखि सुरु भएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले पहिलो पटक आयोजना गरेको खेलकुद महोत्सवको कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले उद्‌घाटन गरे ।
फाल्गुन १८ गतेसम्म हुने खेलकुद महोत्सवको उद्‌घाटन गर्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालयस्तरबाटै खेलकुदलाई पाठ्यक्रममा समावेश गरेर लग्नुपर्ने बताए । उनले खेलकुद सम्भावना युक्त क्षेत्र रहेको भन्दै निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कोशी खेलकुद विकास बोर्डका अध्यक्ष तथा कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेलकुद महोत्सवलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने बताए । प्रदेशस्तरीय खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्नसमेत सहयोग पुग्ने, उनले भने ।
त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले बोर्डले ‘खेल गति नै खेलाडीको प्रगति हो’ भन्ने मान्यतासाथ महोत्सव आयोजना गरेको प्रष्ट पारे । उनले खेल महोत्सवले निरन्तरता पाउँदै आगामी वर्ष अझ भव्य हुने बताए । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतलगायतले शुभकामना व्यक्त गरे ।

यस्तो छ खेलकुद महोत्सवको पहिलो दिनको नतिजा

५ किलोमिटर दौडमा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बू र महिलातर्फ खोटाङकी दीपा बस्नेत प्रथम भएका छन् । तेह्रथुमका सरोज लिम्बूका १५ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै प्रथम, पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रा र ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान भए । महिलातर्फ खोटाङकी दीपा बस्नेतले १९ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, पाँचथरकी पुष्पाले २० मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र संखुवासभाकी सुनकला राईले २० मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।

त्यस्तै, १ सय मिटर दौडको पुरुषतर्फ झापाका सुजन मण्डल र महिलातर्फ मोरङकी विनिशा रिजाल प्रथम भए । मोरङका सुजन मण्डलले ११.४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, सुनसरीका सुमित गच्छदारले ११.७० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र मोरङका सन्तोषकुमार सहनीले १२.१० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

मोरङकी विनिशा रिजालले १३.४० सेकेन्डमा दौड पूरा गर्दै प्रथम, सुनसरीकी आरती चौधरीले १४.५० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो र इलामकी रश्मी राईले १४.६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन् ।

त्यसैगरी, डोरीतान प्रतियोगिताको उपाधि झापाले जितेको छ भने सोलुखुम्बु दोस्रो भयो । विजेता तथा उपविजेताले क्रमश ५० हजार र २५ हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । डाेरीतानमा प्रदेशको ११ वटा जिल्लाको सहभागिता रहेको थियो ।

महोत्सवमा विभिन्न खेलका प्रतियोगिताहरु मोरङको विराटनगरमा र झापाको दमकमा हुँदैछ । खेलकुद महोत्सवमा महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कबड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस तथा डोरीतानलगायतको खेल समावेश गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्