कोशी प्रदेश खेलकुद महोत्सव : कबड्डीको उपाधि मोरङलाई,महिला फुटबलमा चार जिल्ला विजयी

<span class='c1'>कोशी प्रदेश खेलकुद महोत्सव : कबड्डीको</span> <span class='c2'>उपाधि मोरङलाई,महिला फुटबलमा चार जिल्ला विजयी</span>

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव-२०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो ।

मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो। कोशी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधि सँगै ट्रफी , मेडल र १ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने झापाले उपविजेताको ट्रफी , मेडल र ५० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ।

प्रदेशस्तरीय महिला फुटबलमा झापा , मोरङ , सुनसरी र धनकुटा विजयी

प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा , मोरङ ,सुनसरी र धनकुटाको जिल्ला टोली विजयी भएको छ। आज दिल्ली पब्लिक स्कूलको मैदानमा सम्पन्न प्रथम खेलमा तेह्रथुम जिल्ला टोलीलाई ० विरुद्ध ६ गोल गर्दै झापा विजयी भएको हो।

झापाको जितमा जेनिफर मगरले २ , सिम्रन राई , मंजिला योङ्गहाङ्ग , रेणु लिम्बू र खुस्मा राईले एक-एक गोल गर्नु भएको थियो।

त्यस्तै , आजको दोस्रो खेलमा खोटाङलाई ० विरुद्ध १ गोल गर्दै मोरङ विजयी भएको थियो। मोरङको लागि रेसना राईले खेलको १५ औं मिनेटमा निर्णायक गोल गर्नु भएको थियो।

आजको तेस्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३ - ० गोलले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। सुनसरीको लागि जुनु लिम्बूले २ र सुमित्रा राईले १ गोल गर्नु भएको थियो।

चौथो खेलमा ओखलढुङ्गा विरुद्ध अन्तिम समयमा गोल गर्दै धनकुटाले खेल आफ्नो पक्षमा पारेको थियो। धनकुटाका लागि खेलको अन्तिम समयमा ' वुमन अफ द म्याच ' अनिशा राईले गोल गर्दै धनकुटालाई विजयी बनाउनु भएको थियो।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले फागुन १३ देखि १८ गते सम्म चल्ने खेलकुद महोत्सवमा हालसम्म एथलेटिक्सका स्पर्धाहरु , डोरीतान र पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भैसकेको जानकारी दिनुभयो।

महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्