मोरङ क्याम्पसमा स्ववियु निर्वाचन समिति संयोजकमा अधिकारी

<span class='c1'>मोरङ क्याम्पसमा स्ववियु निर्वाचन</span> <span class='c2'>समिति संयोजकमा अधिकारी</span>

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा डा.सुशील अधिकारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आङ्गीक क्याम्पसहरुमा स्ववियु निर्वाचनको मिति तय भएको छ । त्यसका लागि त्रिविले क्याम्पसहरुमा समिति गठन गर्न निर्देशन दिएको थियो ।

मोरङ क्याम्पस प्रमुख डा. रामावतार शरणले अधिकारीको संयोजकत्वमा प्राध्यापकहरु डा. प्रमोदकुमार खेरवार, डा. उद्धवप्रसाद पोखरेल, डा. तुलसीप्रसाद निरौला, अर्जुन तामाङ, सीताराम चम्लागाई, रवि रोक्का डा. शिवचन्द्र चौधरी, डा. रमेश गोहिवार, नवीन अधिकारी र अनिल अधिकारी छन् । समितिको सदस्य सचिवमा राजेशकुमार यादव र कर्मचारी सदस्यमा विनोद कामतलाई तोकिएको छ ।

त्रिवि, स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका, २०८१ को नियम ५ बमोजिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा २०८१ चैत ५ गते स्ववियु निर्वाचन हुन गइरहेकोले यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन तथा सम्पन्न गर्न गराउन स्ववियु निर्वाचन समिति २०८१ आवश्यक कार्यार्थ गठन गरिएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्