विराटनगरमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न

<span class='c1'>विराटनगरमा कोशी क्रिकेट</span> <span class='c2'>महोत्सव २०२५ सम्पन्न</span>

विराटनगर । कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन तथा नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा एमसिसि फाउण्डेशन र क्रिकेट विथ आउट बाउन्ड्रिजको समन्वयमा तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोगमा कोशी क्रिकेट महोत्सव २०२५ सम्पन्न भएको छ ।

विराटनगर ६ स्थित मेरिलबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा भएको कोशी क्रिकेट महोत्सव २०२५ नेपाल क्रिकेट फाउण्डेशनको निरन्तर प्रयास अन्तर्गत भूई तह क्रिकेटको विकास र प्रवद्र्धन र विद्यालय स्तरीय खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्दै उदीयमान प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले बताए ।

विद्यालय क्रिकेटलाई सशक्त बनाउने केटी खेलाडीहरूलाई क्रिकेटमा समान अवसर दिने र युवा खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्ने यस प्रतियोगिताको मुख्य लक्ष्य भएको अध्यक्ष श्रेष्ठले बताए ।

यो प्रतियोगितामा विराटनगरका आदर्श बालिका, श्री आदर्श मावि, जनपथमावि, श्री माध्यमिक मावि, विराट बहिरा मावि र सुशिक्षा निकुञ्ज गरि ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । विद्यालय स्तरीय प्रतियोगिता अन्तर्गत केटा र केटी दुवै तर्फका प्रतियोगिताहरू सञ्चालन गरिएको हरेक खेल १० ओभरको खेलाइएको थियो । क्रिकेट विथआउट बाउन्ड्रिजका स्वयंसेवकहरूले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्