विराटनगर । धरानका मेयर हर्क साम्पाङले राजतन्त्र भन्दा गणतन्त्र नै ठिक रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यति राजा नै ल्याउने भएपनि किराँती राजा ल्याउनुपर्ने तर्क गरेका छन् ।
उनले फेसबुक पेजमा लेखेका छन्–राजा चाहिन्छ नै भने किराती राजा ल्याऔं । यो देशको प्राचिनतम राजा किराँती नै थिए । मलाई नै राजा बनाईदिए नि हुन्छ । मलाई जति देशको माया अरुलाई लाग्छ जस्तो लागेन, यसो बुझ्दा ! होइन भने गणतन्त्र नै ठिक छ !
राजा ल्याउँदा पनि आफैंलाई बनाउन पनि भनेका छन् । उनले देशको माया आफूलाई जति कसैलाई नभएको लाग्ने गरेको समेत बताएका छन् । श्रम संस्कारको अभ्यास गरिरहेका स्थानीय सरकार धरानका प्रमुख साम्पाङ आलोचना र प्रसंसा दुवै केन्द्रमा पर्ने गरेका छन् ।