भुकम्पबाट चार जिल्ला प्रभावित, यस्तो छ क्षतिको विवरण

<span class='c1'>भुकम्पबाट चार जिल्ला प्रभावित,</span> <span class='c2'>यस्तो छ क्षतिको विवरण</span>

रौतहट । सिन्धुपाल्चोक केन्द्रविन्दु भई आज बिहान गएको भुकम्पबाट चार जिल्ला प्रभावित भएको छ ।

सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सखुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रधान कार्यलयले जारी गरेको बिवरण अनुसार एक पूर्ण रुपमा र तीन आंशिक रुप घरमा क्षति पुगेको हो । एक आंशिक गोठ र प्रहरी कार्यलयमा क्षति पुगेको बिवरण उल्लेख छ । प्रहरीका अनुसार बिस्थापित परिवारको संख्या ३, सामान्य घाइते ६ र घटना संख्या १३ रहेको प्रहरी बिवरणमा छ । यो बिवरण दिउँसो ३ बजे सम्मको भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ भैरवकुण्ड केन्द्रविन्दु भएर बिहान २ बजेर ५१ मिनेटमा ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्प आएको थियो ।
सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्