जीवन विकास लघुवित्तले मनायो छैटौँ वार्षिकोत्सव

<span class='c1'>जीवन विकास लघुवित्तले</span> <span class='c2'>मनायो छैटौँ वार्षिकोत्सव</span>

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले छैटौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । तीन वटा प्रदेशको ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले शुक्रबार १६१ स्थानमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

जीवन विकासको २५ वटा शाखाले २५ विपन्न परिवारको घर निर्माण तथा मर्मत, ६० वटा शाखाले बजार सरसफाई कार्यक्रम गरेको छ । ७२ वटा शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । एक स्थानमा रक्तदान, एक स्थानमा शौचालय निर्माण र दुई स्थानमा पार्क तथा मस्जिद सरसफाई कार्यक्रम गरेको हो ।

सबै शाखा कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएका जीवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए । जीवन विकासको शुरुवात सामाजिक क्षेत्रबाट नै भएकोले संस्थाले वार्षिकोत्सव सामाजिक कार्य गरी मनाउँदै आएको उनले बताए ।

प्रमुख कार्यकारी अधिकृत मण्डल जीवन विकासको अमाही शाखाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका थिए । अमाहीबाटै जीवन विकास समाज सुरु भएको थियो । जीवन विकास समाजबाट नै प्रवर्द्धन भइ २०७५ साल फागुन १६ गते जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार प्रारम्भ भएको थियो ।

कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा मार्फत जीवन विकासले ३ लाख ५० हजार विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । जीवन विकासबाट करिब २ लाख सदस्यहरुले ऋण लिएर आर्थिक प्रगति गरिरहेका छन् । २७ अर्व भन्दा बढी ऋण कारोबार गरेको जीवन विकासले ११ अर्व भन्दा बढी बचत परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्