विराटनगर । विराटनगर जुनियर जेसिज २०२५ को लोगो अनावरण समारोह शुक्रबार जेसीज भवनमा भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा संगठनको नयाँ लोगो सार्वजनिक गरियो, जसले नेतृत्व, विकास, र सामुदायिक सेवाप्रति प्रतिबद्धता दर्शाउँछ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसिजका भूतपूर्व अध्यक्ष जेसी शिव नारायण प्रधान रहनुभएको थियो भने बिराटनगर जुनियर जेसिज २०२५ की अध्यक्ष जु जेसी आयुषा खतिवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विराटनगर जुनियर जेसिजका भूतपूर्व अध्यक्ष तथा बिराटनगर जेसीज वर्ष २०२५ का बर्तमान अध्यक्ष जेसी प्रितेश राज दाहाल, बिराटनगर जुनियर जेसीजका भूतपूर्व अध्यक्ष जेसी विकल्प न्यौपाने, बिराटनगर जुनियर जेसिज २०२५ का निबर्तमान अध्यक्ष तथा क्षेत्र-क संयोजक जेसी गौरव कर्ण, बिराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपध्यक्ष जेसी कविराज दाहालको गरिमामय उपस्थिति रहेको थियो।
समारोहमा प्रमुख अतिथि तथा पूर्व अध्यक्षज्यूहरुले विराटनगर जुनियर जेसिजले सधैं व्यक्तित्व र नेतृत्व विकाश गर्दै विभिन्न कार्यक्रम गर्दै आएको र त्यसलाई नै निरन्तरता दिदै यस वर्ष अझै उत्कृष्ट बनाउने शुभकामना व्यक्त गर्नुभयो। नयाँ विराटनगर जुनियर जेसिज २०२५ लोगो विशेष कार्यक्रममार्फत अनावरण गरियो, जसले संगठनको नयाँ दिशा र लक्ष्यलाई प्रतिबिम्बित गर्छ। कार्यक्रम नेतृत्व विकास, युवा सशक्तिकरण, र सामुदायिक सेवाको प्रतिबद्धताका साथ सफलतापूर्वक सम्पन्न भयो।