प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : महिला फुटबलको फाईनलमा झापा र पाँचथर भिड्ने

<span class='c1'>प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : महिला</span> <span class='c2'>फुटबलको फाईनलमा झापा र पाँचथर भिड्ने</span>

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिको लागि झापा र पाँचथर जिल्ला टोली भिड्ने भएको छ।

आज(शनिबार) विराटनगर स्थित दिल्ली पब्लिक स्कूलमा भएको सेमीफाईनल खेलमा झापाले भोजपुरलाई र पाँचथरले मोरङलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो।

आजको पहिलो सेमीफाईनल खेलमा झापाले भोजपुरलाई २ - १ ले पराजित गर्दै फाईनलमा प्रवेश पक्का गरेको हो। खेलमा झापाको तर्फ बाट पूर्णिमा राईले दुई गोल गर्नु भएको थियो भने भोजपुरको तर्फबाट बिनिता राईले सान्तवना गोल फर्काउनु भएको थियो।

खेलको ' वुमन अफ द म्याच ' झापाकी पूर्णिमा राई हुनुभएको थियो।

त्यस्तै , आजको दोस्रो सेमीफाईनल खेलमा मोरङलाई २ -१ ले पराजित गर्दै पाँचथर जिल्ला टोली प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो। मोरङले दोस्रो हाफको दोस्रो मिनेटमा किरण लिम्बूको गोलबाट अग्रता लिएको खेलमा पाँचथरकी प्रतिमा लिम्बूले ४३ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याउनु भएको थियो। खेलको ५० औं मिनेटमा प्रियंका लिम्बूले प्रहार गरेको सट गोलमा परिणत हुँदा पाँचथरको जित सुनिश्चित भएको थियो।
दोस्रो सेमीफाईनल खेलको 'वुमन अफ द म्याच' पाँचथरकी पुनम चेम्जोङ्ग हुनुभएको थियो।

झापा र पाँचथरबीचको प्रतियोगिताको फाईनल खेल खेलकुद महोत्सवको अन्तिम दिन विराटनगर स्थित शहिद रंगशालामा हुने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्