विराट गोल्डकपको तयारी पूरा, उद्‌घाटनमा आयाेजक र काेलकाता खेल्ने

<span class='c1'>विराट गोल्डकपको तयारी पूरा, उद्‌घाटनमा</span> <span class='c2'>आयाेजक र काेलकाता खेल्ने</span>

विराटनगर । फागुन १९ गते सोमबारबाट सुरु हुने विराट गाेल्डकपकाे तयारी पूरा भएको छ ।

विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ।

'विराटनगरकाे साथ फुटबलको विकास'भन्ने नाराका साथ आयाेजित प्रतियोगिताकाे तयारी पूरा भएको विराट गाेल्डकप फुटबल प्रतियोगिता आयाेजक समिति संयाेजक नवीन रिजालले बताए । उनका अनुसार प्रतियोगिताकाे टिकटदर २०० रुपैयाँ ताेकिएकाे छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मकाे फाइदा हुने उनले दाबी गरे ।

भाेलिकाे उद्घाटन खेल आयाेजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।

गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्