विराटनगरमा एमाले मोरङ अधिवेशनको बन्दसत्रमा नाराबाजी, छलफलमा बस्ने भन्दै रोकियो

<span class='c1'>विराटनगरमा एमाले मोरङ अधिवेशनको बन्दसत्रमा</span> <span class='c2'>नाराबाजी, छलफलमा बस्ने भन्दै रोकियो</span>

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा संस्थापन पक्षको पेलान विरुद्ध इतर पक्ष सशक्त बन्दा बन्दसत्र रोकिएको छ ।

जिल्ला संगठन कमिटीले मनोनित गरेको ४६ जना प्रतिनिधि, यस अगाडिको कारवाही शिलशिला, अध्यक्षको प्रतिवेदन छलफल बिना पेस जस्ता विषय बन्दसत्रको हलमा प्रवेश पाएका हुन् । जसको कारण विवाद भएपछि बन्दसत्र तत्कालका लागि रोकेर नेताहरु छलफलमा जुटेका छन् ।
एमाले मोरङमा संस्थापन पक्षको नाममा जर्बरजस्त पेल्ने मनसाय प्रेरित गतिविधि हुँदै आएका छन । जुन इतर पक्ष भनिएको बिनोद ढकाल समूह विरुद्ध हुन्छ ।
बन्दसत्रमा इतर पक्षले, प्रतिनिधि छनोटमा संस्थापन पक्षले मनोमानी गरेकोमा विरोधका स्वरलाई बन्दसत्रमा सशक्त पारेको थियोे । बन्दसत्रमा यसलाई सच्याउन नाराबाजी भएको थियोे । संस्थापन पक्षको पेलान नीति हलको असहज अवस्थासँग डगमगाउनु परेपछि बन्दसत्र रोकेर छलफलमा बसेका हुन् ।
छलफलमा केन्द्रीय उपाध्यक्ष गुरु बरालले सहजीकरण गरिरहेकाे एक नेताले जानकारी दिए । एकलैटी रुपमा प्रतिनिधि मनोनित गर्ने निर्णय खारेज गर्नुपर्ने माग इतर पक्षको छ । यसलाई सहजीकरण गर्ने तयारीको छलफलले प्रतिनिधि करेक्सनको बाटो अपनाउने संभावना रहेको बताइन्छ ।
अर्को विवादको कारण, बन्दसत्रमा पेस भएको जिल्ला अध्यक्षको प्रतिवेदन जिल्ला कमिटीमा पेस नै नगरेको आरोपमा छ । त्यस्तै विराटनगर महानगर कमिटीका पूर्वअध्यक्ष सागर थापालाई कारवाही गरेर अनावश्यक दुःख दिएको विषय पनि हलमा उठेको छ ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आइतबार बेलुकाबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयन प्रक्रिया अघि बढाउने थियो । बन्दसत्रको तालिका नै प्रभावित बनेको छ । जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्ष छ। दुई वटा प्यानल बनेर उमेदवारी दर्ता हुने धेरै संभावना छ ।
संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने र इतर बनाइएको विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने चर्चा छ । ढकाल समूहबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी छ । यो टिम राजनीतिक रुपमा बढी इमानदार मानिदै आएको छ ।

संस्थापन पक्षले उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्