प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी

<span class='c1'>प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा</span> <span class='c2'>सुनसरी र इलाम विजयी</span>

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ६३ रनको सामान्य स्कोरमा सिमित भएको छ । झापाकालागि आशिष राना ममरले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ म्याच प्रकाश कार्कीले ३ विकेट लिँदा भुपाल लुइटेलले २ विकेट लिए ।

६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५ दशमलव २ ओभरमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए । झापाका सिद्धान्त कमितले ३ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६ दशमलव ४ ओभरमा सबै विकेट गुमाई १ सय ६५ रनको योगफल बनायो । इलामकोलागि जितमा शिवान्स बजगाईले सर्वाधिक ४० रनको योगदान दिए । उदयपुरका सोनु अन्सारीले ३ विकेट लिए ।

१ सय ६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९ दशमलव ५ ओभरमा सबै विकेट गुमाई १ सय ५३ रनमा सिमित भयो । उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए । इलामका प्लेयर अफ म्याच इलामका विशाल आचार्यले ३ विकेट लिँदा हेमन राई, सन्दिप ढुंगाना र वि कामतले २–२ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरि ५ टिम सहभागि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्