विराट गोल्ड कपको उद्धघाटन खेलमा आयोजक मोरङ रिजाल टिमको विजय

<span class='c1'>विराट गोल्ड कपको उद्धघाटन खेलमा</span> <span class='c2'>आयोजक मोरङ रिजाल टिमको विजय</span>

विराटनगर । विराटनगरमा आजबाट जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ रिजालको एफए विजयी भएको छ ।
विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए ।

साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरी गरे । खेलको ३४ मिनेटमा कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुर्याए ।

पहिलो हाफको ४६ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दोर्जे तामाङले खेल २–२ को अवस्थामा ल्याए । मध्यान्तरपछिको ८९ मिनेटमा मोरङका मौसम लिम्बूले गोल गर्दै आयोजकलाई विजयी गराए । जितसँगै आयोजक मोरङ प्रतियोगिताको क्वार्टर फाइलनमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच मोरङका मौसम लिम्बू घोषित भए । मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्