विराट गोल्डकपमा आज दिल्ली र एपीएफ भिड्दै

<span class='c1'>विराट गोल्डकपमा आज दिल्ली</span> <span class='c2'>र एपीएफ भिड्दै</span>

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा आज सुदेवा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको सहिद रंगशालामा साँझ ६ः३० बजेबाट खेल सुरु हुने छ । पाहुना टोली भारतको सुदेवा र नेपालको विभागीय टोली एपीएफबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । सोमबार राति सम्पन्न पहिलो खेलमा आयोजक मोरङ रिजालको एफएले पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्यो । पाहुना टोलीलाई पन्छाउँदै मोरङ क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी,फागुन २१ गते पहिलो क्वार्टरफाइनल खेल हुनेछ । पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलकाे विजेता टिमबिच हुनेछ । फागुन २२ गते दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लबले ‘बाई’ पाएको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र सुवेदा दिल्ली फुटबल क्लबको विजेता टिमसँग पुलिसले सेमिफाइनलमा सोझै प्रतिस्पर्धा गर्नेछ । यसैगरी फागुन २३ गते मच्छिन्द्र र थ्री स्टार फागुन २४ गते चर्च ब्वाइज काठमाडाैं र एनआरटी काठमाडाैंबिच प्रतिस्पर्धा हुनेछ । फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछन् । भने फागुन २८ गते फाइनल खेल हुनेछ ।

प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् । गोल्डकपमा हरेक दिनका म्यान अफ दी म्याच खेलाडीलाई पनि नगद ११ हजारले पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्