विराट गोल्डकप : दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

<span class='c1'>विराट गोल्डकप : दिल्लीलाई</span> <span class='c2'>हराउँदै एपीएफ क्वाटरफाइनलमा</span>

विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औं संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा भारतको सुदेवा दिल्ली फुटबल क्बललाई टाइब्रेकरमा५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइबेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे । दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए ।

खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो । तर, पनि जितको लागि टाइब्रेकर कुर्नुपर्यो । खेलको ३० औ मिनटेमा एपीएफका हरी कार्कीले बललाई मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो । त्यसलगत्तै एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । सुमनले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । ३७ औ मिनेटमा एसपीएफका हरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो ।

दोस्रो हाफदेखि दिल्लीले पाएको सुन्दर अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन बाध्य भयो । खेलको ८५ औं मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै दिल्लीका लुन्कल गरेको वानटच बल एपीएफका गोल रक्षक श्रेष्ठले उत्कृकष्ट बचाउँदा गरिदिदा गोल हुनबाट चुक्यो । प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।

बुधबार पहिलो क्वाटरफाइनल खेल त्रिभूवन आर्मी र आयोजक मोरङ रिजालको एफए बिच प्रतिस्पर्धा हुनेछ ।

फागुन २८ गते फाइनल रहेको छ । प्रतियोगितामा बिदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको छ । प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् । गोल्डकपमा हरेक दिनका म्यान अफ दी म्याच खेलाडीलाई पनि नगद ११ हजारले पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्