विराट गोल्डकपमा आज आर्मी र आयोजक रिजालको मोरङ खेल्दै

<span class='c1'>विराट गोल्डकपमा आज आर्मी र</span> <span class='c2'>आयोजक रिजालको मोरङ खेल्दै</span>

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा आज (बुधबार) विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक रिजालको मोरङ एफए भिड्दै छन् ।

सहिद रंगशालामा साँझ ६ः३० बजेपछि खेल सुरु हुने छ । गत सोमबार राति सम्पन्न उद्घाटन खेलमा भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गरेको मोरङले घरेलु मैदानमा आज विभागी टोली आर्मीको सामना गर्ने छ । २ टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

मंगलबार राति सम्पन्न खेलमा भारतको सुदेवा दिल्ली फुटबल क्बललाई टाइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध बनाउँदै विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

फागुन २८ गते फाइनल रहेको छ । प्रतियोगितामा बिदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको छ । प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् । गोल्डकपमा हरेक दिनका म्यान अफ दी म्याच खेलाडीलाई पनि नगद ११ हजारले पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2