विराटनगरस्थित जनता नमुनाका शिक्षक प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगरस्थित जनता नमुनाका</span> <span class='c2'>शिक्षक प्रहरी नियन्त्रणमा</span>

विराटनगर । विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका एक शिक्षकलाई प्रहरी नियन्त्रणमा लिइएको छ । प्राथमिक तहका शिक्षक ओजेश भगतले कक्षा १ र २ मा अध्ययनरत नाबालिकालाई यौनजन्य व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स्थायी शिक्षक भगत अब दुईवर्षमा सेवा निवृत्त हुँदै थिए । उनी गणित विषयका शिक्षक हुन् । ५८ वर्षीय भगतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको प्रारम्भिक सोधपुछ थालेको हो । विद्यार्थीलाई अनावश्यक कडाई गर्दै आएका थिए । बुधबार दिउँसो पाँचौं घण्टी चलिरहेका बेला शिक्षकले दुव्र्यवहार गरेको भन्दै त्यहिंका विद्यार्थीसँग बालिकाहरुले कुरा राखेका थिए । त्यसपछि विद्यालयका प्राचार्य इश्वर घिमिरेले दुईजना शिक्षिकालाई त्यो विषय बुझ्न लगाएका थिए । प्राचार्य घिमिरेका अनुसार घटना गम्भीर प्रकृतिको लागेपछि प्रहरीबाट थप कुरा बुझ्नुपर्ने देखिएपछि जिम्मा लगाइएको हो ।

नाबालिकाहरुको अभिभावक समेत विद्यालयमा बोलाइएको थियो । नाबालिकाहरुलाई शिक्षक भगतले शौचालय जान, पानी पीउन जान समेत कडाई गर्ने गरेको गुनासो यस अगाडी आएको थियो । सानो कक्षाका बालिकाहरुले ठूला कक्षाका छात्राहरुलाई समयमै गुनासो गरेका कारण घटना सुरुमै बाहिर आएको हो । मोरङका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले घटना बारे थप बुझ्ने काम भईरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्