विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय ६ बजेर १५ मिनेटसम्मलाई थपिएको छ । मतदान जारी छ । हालसम्म ७१९ जनाले मतदान गरिसकेका छन् ।
जारी १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । १६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानलै प्रतिष्पर्धामा उत्रिएका छन् । दुवै प्यानलले मतदान स्थल बाहिर लिष्ट बाँडेर चुनावी प्रतिष्पर्धामा सामेल भएका छन् ।
एमाले मोरङको अध्यक्षसहितका पाँच पदाधिकारीमा १० जनाको उम्मेदवारी परेको छ । सदस्यतर्फ हल खुलातर्फको १० सिटमा २४ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै समावेशी क्षेत्रतर्फ २४ सिटका लागि ३९ जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फत ५६ सिटका लागि १११ जना उम्मेदवार छन् । यसरी कुल ९५ सिटका लागि १८४ जना उम्मेदवार बनेका छन् ।