विराट गोल्डकप : मोरङलाई हराउँदै आर्मी सेमिफाइनलमा

<span class='c1'>विराट गोल्डकप : मोरङलाई</span> <span class='c2'>हराउँदै आर्मी सेमिफाइनलमा</span>

विराटनगर । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टिम रिजालको मोरङ एफएलाई १–० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

जितको लागि आर्मीका निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७ औं मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णायक बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।

पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ एफएले बराबारीमा ल्याउन निकै संघर्ष गर्‍यो । तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किएको मोरङ एफए खेल बराबरीमा ल्याउन आक्रामक खेल खेले पनि सफल हुन सकेन । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा मोरङ एफए पहिलो हाफमा १–० ले पछि पर्‍यो । खेलको पहिलो हाफमा आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेलको ३३ औं मिनेटमा निरज चौधरीले गरेको कडा प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जुङ्गले उत्कृष्ट बचाए । ३४ औं मिनेटमा सुजन चौधरीले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । आर्मीका ५० औ मिनेटमा दिनेश हेमजङले डिबक्स भित्रदेखि गरेको प्रहार मोरङका गोलकिपर पूर्ण चेम्जुङ्ग बाधक बने । त्यसलगतै निरान्जन धामीले गरेको सशत्त प्रहार बाहिरिदा गोल हुन सकेन । खेलको ५१ औं मिनेटमा आर्मीका नरेश खत्रीले गरेको कडा प्रहार मोरङका गोलरक्षक पूर्णले बिफल पारिदिए ।

घरेलु दर्शकको साथ पाएको मोरङले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो । खेलको ५३ औं मिनेटमा मोरङका भुवन बस्नेतले २५ यार्डबाट गरेको कडा प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै सुशिल राईले गोल गर्ने गतिलो अवसर गुमाए । मोरङका अभिषेक गुरुङले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । ७० औं मिनेटमा दोर्जे तामाङ्गले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा बराबारीमा ल्याउने अवसर खेर गयो । प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए ।
बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।

फागुन २८ गते फाइनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बिदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको छ। प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् । गोल्डकपमा हरेक दिनका म्यान अफ दी म्याच खेलाडीलाई पनि नगद ११ हजारले पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्