धरानमा हवाई फायर गरेर गाँजासहित एकजना पक्राउ

<span class='c1'>धरानमा हवाई फायर गरेर</span> <span class='c2'>गाँजासहित एकजना पक्राउ</span>

विराटनगर। सुनसरीको धरान उप–महानगरपालिका–२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसारपसारमा संलग्न एकजनालाई पक्राउ गरिएको छ । बिहीबार बिहानको राती १ बजे लागुऔषध गाँजा ओसारपसार भईरहेको छ सूचनापछि प्रहरीले सम्बन्धित क्षेत्रमा निगरानी बढाएको थियो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुँदै भारी बोकेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसारपसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका–९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको छ ।

उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २ सय २५ किलोग्राम गाँजा बरामद गरेको छ भने ओसारपसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्