विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पुर्व विजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो ।
जितको लागि पुलिसको तर्फबाट अरुण गाहा र मनिष सेढाइँले समान १–१ गोल गरे । बाँया बार च्यापेर पुलिसका उज्वल राईले ६६ औं मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङ्गमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिष सेढाइँले व्यक्तिगत ८७ औं मिनेटमा गोल गरि टिमको जित सुनिश्ति गरे । निक्कै रोमान्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले । दोस्रो हाफपछि पुलिसले आक्रमक खेल पस्कियो । एपीएफको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नेपाल पुलिसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।
एपीएफका बुद्धीमान राईले खेलको १५ औं मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । दिपेश धिमालले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो । खेलको २० औं मिनेटमा एपीएफका कप्तान हरी कार्कीको डिबक्स नजिक देखिको प्रहार बाहिरदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो । खेलको ३८ औं मिनेटमा एपीएफका एलिक श्रेष्ठले ३० यार्डदेखि गरेको प्रहार पुलिसका गोलरक्षक अमित तामाङ पंन्ज गरी उत्कृष्ट बचाउ गरिदिए । दोस्रो हाफपछि एपीएफले २–० गोलले पछि परेपछि आक्रमक देखियो । तर, एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउँदा विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । खेलको अन्त्यतिर बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको एपीएफका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलेको ७० औं मिनेटमा एन्जल श्रेष्ठले गरेको प्रहार बाहिरिदा सान्तवना गोल फर्काउनबाट चुक्यो। ७५ औं मिनेटमा विश्वास उदासले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो ।
प्रतियोगताको प्लेर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो । एपीएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो । त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो । पुलिसल तेस्रो संस्करणका बिजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।
शुक्रबार तेस्रो क्वाटरफाइनल खेल थ्रि स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ ।