एमाले मोरङ मतगणना अपडेट : ढकाल पक्षका उम्मेदवारको अग्रता कायमै

<span class='c1'>एमाले मोरङ मतगणना अपडेट : </span> <span class='c2'>ढकाल पक्षका उम्मेदवारको अग्रता कायमै</span>

विराटनगर । नयाँ नेतृत्व छान्नका लागि नेकपा एमाले मोरङमा बुधवार भएको चुनावको मतगणनामा विनोद ढकाल पक्षले अग्रता कायम राखेको छ ।


शुक्रबार अपरान्हसम्म गणना भएको ६८० मतमा नेता विनोद ढकालले अगाडि सारेको टिमबाट अध्यक्षाका उम्मेदवार अजम्बर राईले ३३२ मतसहित अग्रता कायम राखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको साथ पाएका राजकुमार ओझाले ३२१ मत पाएका छन् । उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत पाएकी छन् । उता सचिव पदमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले २८६ मत पाएका छन् ।

उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत पाएका छन् । महिला सहसचिवमा भने संस्थापन पक्षीय शिल्पा निराला कार्कीले अग्रता लिएकी छन् । ३२३ मत पाएकी छन् भने ढकाल पक्षकी उम्मेदवार उषा झाले ३०८ मत पाएकी छन्। । अहिले विराटनगरस्थित एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा मतगणना भइरहेको छ। अब २०८ मतको गणना गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । अहिले मतगरण स्थलमा पार्टीका कार्यकर्ता तथा उम्मेद्धवारहरुको बाक्लो उपस्थित रहेको छ । यसपकटको चुनावीलाई निकै चासोको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्