अर्किड स्कुलको २ दिने बार्षिक उत्सव कार्यक्रम सुरु

<span class='c1'>अर्किड स्कुलको २ दिने</span> <span class='c2'>बार्षिक उत्सव कार्यक्रम सुरु</span>

विराटनगर । विराटनगर १० मा रहेको अर्किड पब्लिक स्कुलले विविध कार्यक्रम गरी बार्षिकउत्सव मनाएको छ । स्कुलले शुक्रबार प्ले गु्रुपदेखी कक्षा ४ सम्मका विद्यार्थी तथा अभिभावकहरुको उपस्थितीमा बार्षिकउत्सव मनाएको हो । बार्षिकउत्सव कार्यक्रममा विद्यार्थीहरुले पढाईका अतिरिक्त क्रियाकलाप अन्तर्गत सिकेका नाटक, नृत्य, गायन लगायतका प्रस्तुतीहरु अभिभावक माझ प्रस्तुत गरेका थिए ।


कार्यक्रममा बोल्दै अभिभावक अनु बुढाथोकीले अर्किड स्कुलले स्कुल जस्तो मात्र नगरेर विद्यार्थीहरुलाई एउटा परिवार जस्तो व्यवहार गर्ने भएका कारण अर्किड आफ्नो रोजाई भएको बताएकी छिन् । बार्षिकउत्सव कार्यक्रम कै अवसरमा स्कुलले नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । अर्किड नृत्य प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई ५० हजार ,३० हजार र २० हजार प्रदान गरिने स्कुलले बताएको छ ।


बार्षिकउत्सव कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ । आज पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । स्कुलका प्रिन्सिपल सिएम श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष अमित ढकाल, भाईस प्रिन्सिपल पिके कामत, उमेश कार्की लगायत शिक्षक शिक्षिका र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्