हिमालय दर्शन कलेजमा सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरियालाई

<span class='c1'>हिमालय दर्शन कलेजमा सेफ</span> <span class='c2'>प्रतियोगिताको उपाधि विराट विक्टोरियालाई</span>

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले अन्तर–कलेज सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरिया मेमोरियल स्कुलले जितेको छ ।

कलेज परिसरमा आज(शुक्रबार) आयोजना गरेको सेफ प्रतियोगितामा उपाधि विक्टोरिया मेमोरियल स्कुलले जितेको हो । उक्त प्रतियोगिताको प्रथम विराट विक्टोरिया मेमोरियल स्कुल, द्धितीय सुकुना सेकेण्डरी स्कुल र तृतीय ब्राइट फ्यिूचर सेकेण्डरी स्कुल भएको छ ।

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ र ट्रफि हात पारे ।

कलेज प्रमुख भरत सापकोटाका अनुसार विराटनगरका १० वटा कलेजबाट ४० जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रत्येक कलेजबाट चार–चार जना विद्यार्थीहरूको समूहले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको निर्णायकहरूमा सेफ एसोसिएसन नेपालका पूर्व अध्यक्ष श्रीराम अधिकारी र नेथमको बिएचएम कोर्डिनेटर विपिन नेपाल रहेका थिए ।

‘हामीले हस्पिटालिटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न र उनीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्न यो प्रतियोगिता आयोजना गरेका हौं,’ कलेज प्रमुख सापकोटाले भने । ‘आज विद्यार्थीहरूले देखाएको कौशल र सिर्जनशीलता अत्यन्त प्रभावशाली थियो,’ उनले भने ।

प्रतियोगितामा विद्यार्थीहरूलाई साढे दुई घण्टाको समयावधि दिइएको थियो, जसमा उनीहरूले स्थानीय सामग्रीहरूको प्रयोग गरेर अद्वितीय परिकारहरू तयार गरे । निर्णायक मण्डलले स्वाद, प्रस्तुति, सिर्जनशीलता र समयको प्रभावकारी प्रयोगलाई मूल्याङ्कनको आधार बनाएर उत्कृष्ट विद्यालय छनौट गरिएको निर्णायक श्री राम अधिकारीले बताए ।

शिक्षादिप कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूलाई रोजगारी बजारमा प्रवेश गर्नुअघि व्यावहारिक अनुभव प्रदान गर्ने बताए ।

विजेता टिमका सदस्य विद्यालयले हाम्रो लागि अविश्वसनीय अनुभव रहेको बताए । हामीले सिकेका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न पाउँदा धेरै आत्मविश्वास बढेको विद्यार्थीहरु बताउँछन् ।

हिमालय दर्शन कलेजका कार्यक्रम संयोजक अन्जु भुजेलले आगामी दिनमा यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिने बताइन् । ‘हामी विद्यार्थीहरूलाई उद्योगको मापदण्ड अनुरूप तयार गर्न प्रतिबद्ध छौं,’ उनले भनिन्, ‘यस्ता प्रतियोगिताहरूले व्यावसायिक सञ्जाल विस्तार गर्न र सिकाइलाई मजबुत बनाउन मद्दत गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्