इटहरीमा अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु

<span class='c1'>इटहरीमा अन्तराष्ट्रिय नाट्य</span> <span class='c2'>महोत्सव सुरु</span>

धरान (सुनसरी) । इटहरीमा आजदेखि तीन दिने अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु भएको छ ।

एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ सुरु भएको संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रमश्रीले बताउनुभयो ।

महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाका साथै सांस्कृतिक आदानप्रदान गरिने जनाइएको छ । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकको भनाइ छ ।

उक्त महोत्सवमा कोरिया, बेलायत, चीनलगायत १३ मुलुकका २० नाट्य संस्थाका ४४ बढी विदेशी रङ्गकर्मी, संस्कृतिकर्मी र कलाकारको सहभागिता छ ।

महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले बताउनुभयो ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले गर्नुभएको थियो । सोही अवसरमा रङ्गकर्मीहरु लेखनाथ चण्डीका निरौला, लोकबहादुर तामाङ, विष्णु डांगीलगायतलाई सम्मान गरिएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्य मीना श्रेष्ठ, इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेललगायत रङ्गकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्